१४ जेष्ठ २०८३, बिहिबार | May 28, 2026

उच्चस्तरीय शासकीय सुधार आयोगको बैठक हुँदै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा  हुँदैछ ।
बैठकमा सार्वजनिक सेवालाई सरल, पहुँचयोग्य र झञ्झटरहित बनाउनेलगायत विषयमा छलफल हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा भीष्मकुमार भुसालले जानकारी दिए ।
गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकबाट प्रधानमन्त्री ओलीको अध्यक्षतामा गठन भएको आयोगको पहिलो बैठक यही असार ४ गते भएको थियो । आयोगमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालगायत सदस्य हुनुहुन्छ । आयोगमा राजनीतिक दलबाट दुई, विज्ञमध्येबाट तीन सदस्य (एक महिला) मनोनयन प्रक्रिया पनि अघि बढेको जनाइएको छ ।
आयोगले सेवा प्रदायक निकायको भौतिक तथा मानवीय संरचना, कार्यविधि र प्रविधि सेवामैत्री बनाउने, निर्णय प्रक्रियामा ढिलासुस्ती नगर्ने, नतिजामूलक र कार्यसम्पादनमा दोहोरोपन हुन नदिने, तहगत एवं निकायगत अन्तर–समन्वय सुनिश्चित गर्ने कार्यक्षेत्र पाएको छ ।
तीन तहका सरकारबीच सहकार्य र समन्वय  गर्ने सङ्घीयता अनुकूल हुनेगरी विद्यमान प्रशासनिक संरचना, कार्य प्रक्रिया र कानूनमा सुधार गर्ने, सुशासनसम्बन्धी ऐनकानुनमा सुधारका विषय पहिचान गर्ने, निजामती सेवालाई सक्षम, उच्च मनोबलयुक्त र उत्तरदायी बनाउने जिम्मेवारी पनि आयोगलाई दिइएको छ ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ११ : ४५ बजे

संविधान संशोधन बहसपत्र कार्यदलद्वारा विभिन्न पेसा तथा व्यवसायमा आबद्ध महिलासँग छलफल

काठमाडौँ । विभिन्न पेसा तथा व्यवसायमा आबद्ध महिलाले संविधान संशोधन

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

पोखरा । पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

डिडिसीका कागजात प्रहरीको नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आज लैनचौर

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

दाङ । लुम्बिनी प्रदेशसभाको बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि

सार्वजनिक संस्थान : २७ नाफा र १६ घाटामा सञ्चालित, दुई बन्द

काठमाडौं । सरकारले आज सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति