काठमाडौं । एसिसी पुरुष यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ६ विकेटको सहज जित हात पारेको छ । मलेसियामा आइतबार भएको खेलमा नेपालले ३३.३ ओभरमा १३९ रनको लक्ष्य चार विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि प्रसिद्ध जैसीले नटआउट ५५ रन बनाए ।
यसअघि कप्तान विपिन शर्माले घातक बलिङ गरेपछि टस जितेर पहिला ब्याटिङमा उत्रेको सिंगापुर ३६.१ ओभरमा १३८ रन बनाउँदा अलआउट भएको थियो ।
विपिनले सिंगापुरलाई सस्तैमा समेट्न चार विकेट लिएका थिए । उनले १० ओभरमा एक मेडनसहित ३४ रन मात्र दिए । यस्तै सचिन भट्टले तीन विकेट लिए भने अभय यादव र शुभम खनालले एक-एक विकेट लिए ।


















प्रतिक्रिया