६ श्रावण २०८३, बुधबार | July 22, 2026

आइपिएम प्रविधि मार्फत अकबरेखेती गर्दै सूर्योदयका कृषक



इलाम । सूर्योदय नगरपालिकाले किसानको क्षमता विकास, ज्ञान आदानप्रदान र विषादी न्यून खेती प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालित एकीकृत कीट व्यवस्थापन (आइपिएम) कृषक पाठशाला कार्यक्रम वडा नं १ मकरजुङ र वडा नं १३ लक्ष्मीपुरमा विस्तार गरेको छ । नगरपालिकाले सो कार्यक्रम विसं २०७५ देखि कार्यान्वयनमा ल्याएको थियो ।

यस कार्यक्रमअन्तर्गत प्रत्येक समूहमा २५ जना किसान सहभागी छन् । हाल पाठशालामा अकबरे खुर्सानीको जैविक खेती विषयमा प्रशिक्षण तथा व्यावहारिक अभ्यास जारी रहेको सूर्योदय नगरपालिका कृषि शाखाका प्रमुख प्रज्ञा पोखरेलले बताइन ।

प्रशिक्षक खेमराज भट्टराईका अनुसार पाठशालामा सहभागी किसानलाई एक यामको अवधिमा बालीको सम्पूर्ण जीवनचक्र हेर्न र सिक्न सक्ने अवसर प्रदान गरिन्छ । सहभागीहरूले खेतबारीमै प्रयोगात्मक सिकाइ गर्दैछन् । “हामीले यसपटक खेतमै सिक्ने, गरिखाने र कम विषादी प्रयोग गर्ने तरिका बुझेका छौँ”, सूर्योदय-१ की कविता सापकोटाले भनिन । आइपिएम विधिले विषादीको प्रयोग न्यून गर्दै उत्पादनमा गुणस्तर वृद्धि गर्ने भएकाले स्थानीय सरकार यस विधिलाई विस्तार गर्ने तयारीमा रहेको नगरप्रमुख रणबहादुर राईले बताए ।

उनका अनुसार, नगरपालिकाले आगामी वर्ष अन्य वडामा पनि पाठशाला विस्तार गर्ने योजना बनाएको छ, यसबाट स्थानीयस्तरमै किसान आत्मनिर्भर बन्न सक्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ९ : ४८ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको