१८ माघ २०८२, आइतबार | February 1, 2026

होटलमैत्री मौद्रिक नीति ल्याउन हानको सुझाव



काठमाडौं । होटल सङ्घ नेपाल (हान)ले आर्थिक वर्ष २०८२/८३ को बजेटमा पर्यटन क्षेत्र र होटल उद्योगका लागि घोषित कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ ।

हानको प्रतिनिधिमण्डलले आज नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेललाई भेट गरी पर्यटन तथा होटल उद्योगको बृहत्तर विकासका उपयुक्त नीति अवलम्बन गर्न आग्रह गरेको हो । सुझाव ग्रहण गर्दै गभर्नर डा. पौडेलले सकारात्मक प्रतिक्रिया दिनुभएको हानले विज्ञप्तिमार्फत जनाएको छ ।

त्यस अवसरमा सङ्घका अध्यक्ष विनायक शाहले पूर्वाधारको उचित व्यवस्थापन हुन नसकेका कारण होटल व्यवसाय सञ्चालनमा प्रत्यक्ष तथा अप्रत्यक्ष खर्चमा भारी मात्रामा वृद्धि भएको बताएका थिए । उनले होटलको अकुपेन्सी अत्यन्तै कम हुँदा नियमित किस्ता बुझाउन समेत कठिनाइ भएको उल्लेख गरे । उनले व्यवसायको वित्तीय अवस्थाअनुसार विशेष उद्योगसरह कर्जाको साँवा ब्याज भुक्तानी गर्न पाउने व्यवस्थाका लागि आग्रह गरे ।

अध्यक्ष शाहले होटललाई डलर भुक्तानीका लागि सहजीकरण गर्न पनि अनुरोध गरे । उनले होटलको स्तर हेरी अमेरिकी डलर टपअपको दायरा विस्तार गर्दै होटलको नाममा प्रिपेड डलर कार्ड अथवा डलर क्रेटिड कार्ड उपलब्ध गराउन आवश्यक भएको बताए । पर्यटकहरुले पाँच हजार अमेरिकी डलर साथमा ल्याउन पाउने व्यवस्था भएसँगै हालको प्रावधानअनुसार पर्यटकहरुले एक पटकमा अमेरिकी डलर तीन सय मात्र सटही गर्न पाउने भन्ने रहेको हुँदा ठूला तारे होटलहरुमा आउने खर्चालु पर्यटकहरुका लागि यो रकम अपर्याप्त भएकाले समस्या समाधान गर्न पनि आग्रह गरे ।

सुझाव पत्रमा सरकारले होटल उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मान्यता दिएकाले विशेष उद्योग सरहको छुट तथा उत्पादनमूलक उद्योग सरहको छुट तथा सुविधा पाउनुपर्ने माग गरिएको छ । साथै कर्जाको हकमा आधारदरमा एक प्रतिशतभन्दा नबढ्ने गरी ब्याज कायम गर्नुपर्ने समेत उल्लेख छ ।

क्षेत्रीय पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने खालका नीति जस्तै सार्क सदस्य राष्ट्र बङ्गलादेश र श्रीलङ्काबाट नेपाल भ्रमणमा अत्यधिक माग बढेको क्रममा त्यहाँबाट नेपाल आउने पर्यटकहरुले बङ्गलादेशी टाका तथा श्रीलङ्काली मुद्रामा समेत भुक्तानी गर्नसक्ने व्यवस्था गर्न आवश्यक भएको उनको भनाइ थियो ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ८ : २५ बजे

‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अक्सफोर्डका अंकित गौतमलाई

बुटवल । बुटवलस्थित बागेश्वरी कला तथा संगीत एकेडेमीको आयोजनामा सम्पन्न

प्रहरी महानिरीक्षक कार्कीद्वारा जन्मभूमिको विद्यालयमा ५ लाखको अक्षयकोष स्थापना

गुल्मी । नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले आफुले बाल्यकालमा

इरान-अमेरिका तनाब चुलिँदै गएपछि नेपालद्वारा इरान भ्रमण नगर्न आग्रह

काठमाडौं । इरान र अमेरिकाबीच बढ्दो कूटनीतिक तथा सुरक्षा तनाबका

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार

युएईले दियो दुई सय छयत्तर नेपालीलाई आममाफी

काठमाडौं । नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४