२ भदौ २०८३, मंगलबार | August 18, 2026

मौद्रिक नीति : आवासीय कर्जाको सीमा बढ्यो, अब ३ करोड रुपैयाँसम्म ऋण लिन सकिने (पूर्णपाठ)



काठमाडौं । नेपाल राष्ट्र बैंकले आवासीय कर्जाको सीमा वृद्धि गरेको छ। शुक्रबार गभर्नर विश्वनाथ पौडेलले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत आवास कर्जासम्बन्धी नयाँ व्यवस्था ल्याइएको हो।

नयाँ नीतिअनुसार अब व्यक्तिगत आवास निर्माण वा खरिदका लागि अधिकतम ३ करोड रुपैयाँसम्म ऋण लिन सकिनेछ। यसअघि उक्त सीमा २ करोड रुपैयाँ थियो।

राष्ट्र बैंकले पहिलो घर निर्माण वा खरिद गर्ने व्यक्तिको हकमा घरको कुल मूल्यको ८० प्रतिशतसम्म कर्जा दिन सकिने व्यवस्था गरेको छ। दोस्रो घर वा अन्य आवासीय प्रयोजनका लागि भने यो सीमा घटेर अधिकतम ७० प्रतिशतसम्म कायम गर्न सकिने छ।

यस निर्णयले आवास निर्माण तथा खरिद क्षेत्रलाई थप प्रोत्साहन दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १ : १६ बजे

केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ

काठमाडौँ । केवाइसी अपडेट (व्यक्तिगत विवरण अद्यावधिक गर्ने काम) का

कांग्रेस १५औँ महाधिवेशन : वडा अधिवेशन भदौ २४ देखि, केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ सम्म

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन भदौ २४

मन्त्रीहरूका कारण नैराश्यता बढयो, प्रधानमन्त्रीज्यु नियन्त्रण गर्नुहोस् : वर्षमान पुन

काठमाडौं । प्रतिनिधिसभामा सरकारका मन्त्रीहरूलाई प्रधानमन्त्री बालेन्द्र शाहले नियन्त्रण गर्नुपर्ने

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति

भाद्र ३१ गते देखि नेपालगन्ज-पोखरा पुनः उडान गर्दै बुद्ध एयर

नेपालगन्ज । गत जेठ ५ गते देखि अवरुद्ध बुद्ध एयरको