दोहा । कतारी वायुसेवा कम्पनी कतार एयरवेजले आफ्नो देशको आकाशमार्ग पुनः खुला भएपछि उडानहरू पनि पुनः सञ्चालनमा आएको जनाएको छ।
‘हालको अवस्थामा हाम्रो प्राथमिकता यात्रुहरूलाई सुरक्षित र सहज रूपमा घर फर्कन वा गन्तव्यसम्म पुग्न सहयोग गर्नु हो’, एयरवेजले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।
‘उडान सञ्चालन पुनः सुरु भए पनि हामीले उडान तालिकामा व्यापक ढिलाइको सम्भावना देखेका छौं’, विज्ञप्तिमा भनिएको छ।
एयरवेजले यात्रुहरूलाई ताजा जानकारीका लागि वेबसाइट जाँच गर्न अनुरोध गरिएको छ।
कतारले यसअघि ईरानी हमलापछि अल उदीद एयर बेस नजिकको आफ्नो आकाशमार्ग बन्द गरेको थियो। उक्त हमलापछि कतार एयरवेजका धेरै उडानहरू अन्यत्र मोडिएका थिए।


















प्रतिक्रिया