६ श्रावण २०८३, बुधबार | July 22, 2026

इरानी निशानाको अल उदीद एयर बेस – पश्चिम एशियामा अमेरिकी सैन्य कमाण्डको “मुटु”



दोहा । इरानले सोमबार कतारस्थित अल उदीद एयर बेसमा करिब दर्जनजति छोटो र मध्यम दूरीका ब्यालिस्टिक मिसाइल प्रहार गर्‍यो। यो आधार अमेरिकी फौजको पश्चिम एशिया (मध्यपूर्व)मा रहेको सबैभन्दा ठूलो सैन्य अखडा हो । यहाँ हजारौं अमेरिकी सैनिक तैनाथ छन्।

अमेरिकी र इराकी अधिकारीहरूले बताएका छन् कि इरानले आक्रमण हुनु अघि सूचना दिएको थियो। त्यसैले प्याट्रियट मिसाइल प्रणालीहरूले अधिकांश मिसाइलहरू खसाल्न सफल भए। एकवटा मात्रै लक्ष्यमा पुगेको थियो, तर कतारमा कुनै मानवीय क्षति भएन।

यो बेस कतारको राजधानी दोहाबाट करिब २० माइल दक्षिण पश्चिममा पर्छ। इरानी आक्रमणको समयमा यहाँ अमेरिकी विमानहरूको गतिविधि न्यून थियो, किनकि स्याटलाइट तस्बिरहरूमा देखिएअनुसार इरानमाथि अमेरिकी बी २ बम्बरबाट बम आक्रमण हुनुभन्दा अघि नै अधिकांश विमानहरू अन्यत्र स्थानान्तरण गरिएका थिए।

अल उदीद बेस अमेरिकी सैन्य रणनीतिक अवस्थाका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ।

यो फ्लोरिडाको टाम्पा स्थित अमेरिकी सेन्ट्रल कमाण्डको अग्रमोर्चा मुख्यालय हो, जसले सम्पूर्ण पश्चिम एशिया (अमेरिकाबाट मध्यपूर्व) क्षेत्रमा सैन्य गतिविधिहरूको नियन्त्रण गर्छ।

यहाँ सेन्ट्रल कमाण्डअन्तर्गत संयुक्त वायु सञ्चालन केन्द्र (Central Command’s Combined Air Operations Center) र अमेरिकी वायुसेनाको ३७९ औं एयर एक्स्पेडिसनरी विङ (US Air Force’s 379th Air Expeditionary Wing) समेत रहेका छन्, जसले आफूलाई “क्षेत्रीय शक्ति प्रक्षेपणको केन्द्र” भनेर चिनाउँछ।

यस आधारमा नियमित गस्तीमा आउने लडाकु विमानहरू मात्र नभई, महत्वपूर्ण रसदपानी, इन्धन आपूर्ति र स्वास्थ्य सेवा सुविधाहरू पनि छन्।

अल उदीद एयर बेस अफगानिस्तान, इराक र सिरियाका युद्धमा अमेरिकी अभियानहरूको समर्थनमा क्रियाशील रहँदै आएको छ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार सन् २००३ देखि कतारले यस बेस क्याम्पको विकासमा ८ अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही हप्ता अघि गरेको आफ्नो मध्यपूर्व भ्रमणका क्रममा यो एयरबेसको समेत भ्रमण गरेका थिए।

 

 

 

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ९ : १४ बजे

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,