१८ माघ २०८२, आइतबार | February 1, 2026

इरानी सञ्चारमाध्यमको प्रतिक्रिया – युद्धविराम सुरु गर्न ट्रम्पले “गुहार मागेजस्तै” शैलीमा आग्रह गरे



दोहा । इरानी सरकारी सञ्चारमाध्यमहरुले इजरायल र इरानबीच युद्धबिराम भएको पुष्टि गरेका छन् ।

अमेरिकाको ूआक्रमणू को जवाफमा कतारस्थित अमेरिकी सैन्य बेसक्याम्पमा भएको सैन्य प्रतिक्रिया पछि शत्रुमाथि युद्धविराम थोपरिएको ती संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

यो घोषणा इरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमा क्षेप्यास्त्र आक्रमण गरेको केही घण्टापछि आएको हो।

“अमेरिकी आक्रमणको जवाफमा इस्लामिक रिभोल्युशनरी गार्ड कर्प्सद्वारा गरिएको सफल क्षेप्यास्त्र आक्रमण र हाम्रो प्रिय जनताको अद्वितीय दृढता तथा एकताको कारणले शत्रुमाथि युद्धविराम थोपिएको छ”, इरानको राष्ट्रिय समाचार सञ्जालका समाचारवाचकले प्रत्यक्ष प्रसारणमा भनेका छन्।

तर ती समाचारवाचकले भने युद्धविराम कहिलेदेखि लागू हुन्छ भन्नेबारे कुनै समय उल्लेख गरेनन्।

इरानी क्षेप्यास्त्र आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच “गुहार मागेजस्तै शैली”मा युद्धविरामको आग्रह गरेको पनि इरानी सञ्चारमाध्यममा प्रसारण गरिएको कुरा सीएनएनले जनाएको छ ।

“हिजो साँझ, इस्लामिक रिभोल्युशनरी गार्ड कर्प्सद्वारा कतारस्थित अमेरिकाको अल उदीद बेसमा गरिएको सफल क्षेप्यास्त्र आक्रमणको एक घण्टाभित्रै, ट्रम्पले हाम्रो देशविरुद्ध थोपिएको यहूदीवादी युद्ध रोक्नका लागि युद्धविराम सुरु गर्न गुहारजस्तै शैलीमा आग्रह गरे,” उनले भनेका छन् ।

 

 

 

 

 

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ८ : ५७ बजे

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज

बजार झरेका मतदाता भन्छन्, ‘गाउँमै बस्ने वातावरण बनाइदेउ’

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास

बागलुङ-बिहुँ खण्ड : नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३

उम्मेदवारको पर्खाइमा सीमावर्ती कचनकबलका मतदाता

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

राष्ट्रपति रामचन्द्र पौडेल चारदिने जापान भ्रमणमा, सम्राट् नारुहितो र प्रधानमन्त्रीसँग भेटवार्ता हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ