२९ मंसिर २०८२, सोमबार | December 15, 2025

इरानी निशानाको अल उदीद एयर बेस – पश्चिम एशियामा अमेरिकी सैन्य कमाण्डको “मुटु”



दोहा । इरानले सोमबार कतारस्थित अल उदीद एयर बेसमा करिब दर्जनजति छोटो र मध्यम दूरीका ब्यालिस्टिक मिसाइल प्रहार गर्‍यो। यो आधार अमेरिकी फौजको पश्चिम एशिया (मध्यपूर्व)मा रहेको सबैभन्दा ठूलो सैन्य अखडा हो । यहाँ हजारौं अमेरिकी सैनिक तैनाथ छन्।

अमेरिकी र इराकी अधिकारीहरूले बताएका छन् कि इरानले आक्रमण हुनु अघि सूचना दिएको थियो। त्यसैले प्याट्रियट मिसाइल प्रणालीहरूले अधिकांश मिसाइलहरू खसाल्न सफल भए। एकवटा मात्रै लक्ष्यमा पुगेको थियो, तर कतारमा कुनै मानवीय क्षति भएन।

यो बेस कतारको राजधानी दोहाबाट करिब २० माइल दक्षिण पश्चिममा पर्छ। इरानी आक्रमणको समयमा यहाँ अमेरिकी विमानहरूको गतिविधि न्यून थियो, किनकि स्याटलाइट तस्बिरहरूमा देखिएअनुसार इरानमाथि अमेरिकी बी २ बम्बरबाट बम आक्रमण हुनुभन्दा अघि नै अधिकांश विमानहरू अन्यत्र स्थानान्तरण गरिएका थिए।

अल उदीद बेस अमेरिकी सैन्य रणनीतिक अवस्थाका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ।

यो फ्लोरिडाको टाम्पा स्थित अमेरिकी सेन्ट्रल कमाण्डको अग्रमोर्चा मुख्यालय हो, जसले सम्पूर्ण पश्चिम एशिया (अमेरिकाबाट मध्यपूर्व) क्षेत्रमा सैन्य गतिविधिहरूको नियन्त्रण गर्छ।

यहाँ सेन्ट्रल कमाण्डअन्तर्गत संयुक्त वायु सञ्चालन केन्द्र (Central Command’s Combined Air Operations Center) र अमेरिकी वायुसेनाको ३७९ औं एयर एक्स्पेडिसनरी विङ (US Air Force’s 379th Air Expeditionary Wing) समेत रहेका छन्, जसले आफूलाई “क्षेत्रीय शक्ति प्रक्षेपणको केन्द्र” भनेर चिनाउँछ।

यस आधारमा नियमित गस्तीमा आउने लडाकु विमानहरू मात्र नभई, महत्वपूर्ण रसदपानी, इन्धन आपूर्ति र स्वास्थ्य सेवा सुविधाहरू पनि छन्।

अल उदीद एयर बेस अफगानिस्तान, इराक र सिरियाका युद्धमा अमेरिकी अभियानहरूको समर्थनमा क्रियाशील रहँदै आएको छ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार सन् २००३ देखि कतारले यस बेस क्याम्पको विकासमा ८ अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही हप्ता अघि गरेको आफ्नो मध्यपूर्व भ्रमणका क्रममा यो एयरबेसको समेत भ्रमण गरेका थिए।

 

 

 

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ९ : १४ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार