२२ श्रावण २०८३, शुक्रबार | August 8, 2026

नोबेल अस्पताल विराटनगरमा कोरोना संक्रमित एक महिलाको मृत्यु



काठमाडौं । नोबेल शिक्षण अस्पताल विराटनगरमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । इलाम घर भएकी ३९ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जानकारी दिएको हो ।

अस्पतालका सुचना अधिकारी नवीन दाहालका अनुसार श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउने लगायतका समस्या देखिएपछि सोमबार झापा बिर्तामोडको बिर्तासीटी अस्पतालमा परीक्षण गराउँदा उनलाई कोभिडको संक्रमण पुष्टि भएपछि थप उपचारका लागि नोबेल अस्पताल ल्याइएको थियो ।

आज बिहान मात्रै अस्पताल आइपुगेकी उनको आकस्मिक कक्षमा उपचार गर्दागर्दै बिहान ६ बजे मृत्यु भएको उनले बताए । मृत्यु पछि उनको शवलाई प्रहरीको जिम्मा लगाइएको अस्पतालले जनाएको छ ।

कोरोना महामारीपछि संक्रमणबाट नेपालमा मृत्यु भएको यो पहिलो केश हो । कोशी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमित देखिरहेका छन् । प्रदेश स्वास्थ्यय मन्त्रालयका अनुसार कोशी प्रदेशमा ८ जनालाई कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये झापाका ४ जना र मोरङ तथा इलामका २-२ जना छन् ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  २ : ४१ बजे

प्रधानमन्त्री शाहले मध्यराती गरे आफु एक्लो परेको संकेत

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले आफु एक्लो परेको संकेत

होटलमा लगानी विस्तार गर्न मुख्यमन्त्री आचार्यको आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटकीय गन्तव्यमा पर्यटकको

‘ब्रोड पिक’ मा ज्यान गुमाएका आरोहीको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर

सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

सुर्खेत । नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको स्कुटर पछाडि सवार एक

आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता,