३० भदौ २०८३, मंगलबार | September 16, 2026

इरानबाट सकुशल घर फर्केका बुटवलबासी २ जनासँग बुटवलका नगर प्रमुखको भेट (भिडियोसहित)



बुटवल । भारत सरकारको सहयोगमा इरानबाट उद्धार गरि भारत हुँदै बुटवल स्थित आफ्नो घर आइपुगेका २ जना बुटवलबासीलाई बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेले भेट गरेका छन् । इरानको तेहरानबाट घर फर्केका बुटवलका गणेशप्रसाद पोखरेल र सुमन गैरेलाई उनीहरुको घरमै पुगेर नगर प्रमुख पाण्डेले भेट गरेका हुन् ।

इरानबाट भारत हुँदै बेलहिया सीमानाकाबाट बुटवल आइपुगेका पोखरेल र गैरेलाई घरमा पुगेर भेटघाट गरेको नगर प्रमुख पाण्डेले बताए । बुटवल-१२ पोखरेल र बुटवल-१३ का गैरे आजै अपरान्ह बेलहिया हुँदै आफ्नो घर आइपुगेका हुन् ।

भेटका क्रममा उनीहरूले नेपाल सरकार परराष्ट्र मन्त्रालयले गरेको सहयोग र पहलका कारण आफुहरू जोखिमपूर्ण स्थानबाट आफ्नो घर सकुसल आईपुगेको बताए। नगर प्रमुख पाण्डेयले स्थानीय सरकारका रूपमा हुनसक्ने सहयोग र भूमिका निर्वाह गर्ने संघ सरकारसँग आवश्यक पहल गर्ने बताए ।

भिडियोसहित

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ६ : ३५ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज