२ श्रावण २०८३, शनिबार | July 18, 2026

बुटवल उपमहानगरद्वारा लागूऔषध दुर्व्यसन सम्बन्धी विद्यार्थीलाई सचेतना कार्यक्रम सम्पन्न



बुटवल । ३८ औँ अन्तर्राष्ट्रिय लागूपदार्थ दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवसका अवसरमा बुटवल उपमहानगरपालिकाले विहिबार विद्यार्थीलाई सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । बुटवल उपमहानगर अन्तरगत रहेका विभिन्न विद्यालयका विद्यार्थीलाई सहभागी गराई लागूऔषध दुर्व्यसन र यसबाट बच्ने उपाय बारे सचेतना गराएको हो । बुटवल उपमहानगरको खेलकुद बिकास समितिको आयोजनामा कार्यक्रम भएको हो ।

सो अवसरमा बोल्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले लागू औषध दुर्व्यसन सम्बन्धी राज्यले थप कडा नियम बनाउनु पर्ने बताए । दुर्व्यसनीबाट बालबालिकालाई बचाउन विद्यालय तथा समाजमा दिइने शिक्षाले मात्रै नपुग्ने बताउँदे उनले सबैभन्दा पहिले घरबाट संस्कार सिक्न र त्यसका लागि अभिभावकले वातावरण सिर्जना गर्नुपर्ने बताए । पछिल्लो समय बुटवल लागूपदार्थ अवैध ओसारपसारको ट्रान्जिट पोइन्ट बन्दै गएको उल्लेख गर्दै पाण्डेयले त्यस्ता कडा निगरानी र कारोबारमा संलग्न व्यक्तिलाई कडा कारबाही गर्न प्रहरी प्रशासनलाई आग्रह समेत गरे । गलत बाटोमा लाग्ने जो कोहीलाई शक्ति र पहुँचका आधारमा छुट दिन नहुने उल्लेख गरे ।

बुटवल उपमहानगरका उपप्रमुख सावित्रादेवी अर्यालले बालबालिकाको पहिलो पाठशाला घर भएका कारण घरबाटै नैतिक शिक्षा सिकाउन आवश्यक भएको बताए । यसैगरी साथी सर्कलबाट पनि बालबालिका तथा युवाहरु दुर्व्यसनमा लाग्ने गरेको बताउँदै उनले गलत व्यक्ति र आचरणबाट सधै सचेत हुनुपर्नेमा जोड दिए । लागूपदार्थ दुर्व्यसनमा लागेपछि परिवार तथा समाजबाट ताढा हुने मात्र नभई आफ्नो अमूल्य जीवन र त्यसको महत्व पनि गुमाइने भएकाले सचेत हुनुपर्ने उल्लेख गरे ।

बुटवल उपमहानगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाको अध्यक्षतामा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख नायव उपरीक्षक इन्द्र राना, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपाने र ईलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्याल लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  ६ : ५९ बजे

सरकारको नियत ठीक छ, जनतालाई मर्का परे निर्णय तुरुन्त सच्याइन्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारको

इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

काठमाडौँ । यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय

घट्यो नेपालगन्ज भन्सारको राजश्व सङ्कलन, गत आवको तुलनामा १६ करोड कम राजश्व

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा

उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत

काठमाडौं । उद्योग विभागले आर्थिक वर्ष २०८२/८३ मा रु ५८

बागमती सरकारबाट राजीनामा दिन आफ्ना मन्त्रीलाई एमालेको निर्देशन

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले)का सबै ६ मन्त्रीलाई