२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

नेपाली कांग्रेसले सानेपामा १३ करोडमा घरजग्गा किन्दै



काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यालय विस्तार गर्न ललितपुरको सानेपामा थप घरजग्गा खरिद गर्नेभएको छ ।

सानेपास्थित केन्द्रीय कार्यालय परिसरलाई थप व्यवस्थित र फराकिलो बनाउन १९ आना जग्गा र तीनतले घर किन्ने लागिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् । यो जग्गा र घर अमिरमान अमात्यबाट खरिद गर्न लागिएको हो।

एक वर्षभित्र खरिद प्रक्रिया पूरा गर्ने गरी कांग्रेसले बुधबार अमात्यलाई ५० लाख रुपैयाँ बैना बुझाइसकेको छ। सम्झौताका क्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थिति थियो।

घरजग्गा खरिदका लागि आवश्यक १३ करोड रुपैयाँ पार्टीको विभिन्न तहको लेभी र शुभेच्छुकहरूको सहयोगबाट जुटाइने कांग्रेसले जनाएको छ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  २ : २७ बजे

अमेरिका-इजरायलद्वारा इरानको खार्ग टापुमा आक्रमण

तेहरान । इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुमा अमेरिका

कपिलवस्तु-११ दोस्रो सौभाग्य कपको सेमीफाईनलमा प्रवेश

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

होटल पौवाको १०औँ वार्षिकोत्सव : सबै शाखामा ‘स्वाद उत्सव’ आयोजना हुने

नेपालगन्जमा कमल खत्री र समिक्षा अधिकारीको प्रस्तुती रहने नेपालगन्ज ।

बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु

बागलुङ । बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्धको रिटमा सर्वोच्चद्वारा दुवै पक्षलाई छलफलमा बोलाउने आदेश

काठमाडौं । सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने सरकारको निर्णयविरुद्ध दायर