काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यालय विस्तार गर्न ललितपुरको सानेपामा थप घरजग्गा खरिद गर्नेभएको छ ।
सानेपास्थित केन्द्रीय कार्यालय परिसरलाई थप व्यवस्थित र फराकिलो बनाउन १९ आना जग्गा र तीनतले घर किन्ने लागिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् । यो जग्गा र घर अमिरमान अमात्यबाट खरिद गर्न लागिएको हो।
एक वर्षभित्र खरिद प्रक्रिया पूरा गर्ने गरी कांग्रेसले बुधबार अमात्यलाई ५० लाख रुपैयाँ बैना बुझाइसकेको छ। सम्झौताका क्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थिति थियो।
घरजग्गा खरिदका लागि आवश्यक १३ करोड रुपैयाँ पार्टीको विभिन्न तहको लेभी र शुभेच्छुकहरूको सहयोगबाट जुटाइने कांग्रेसले जनाएको छ।


















प्रतिक्रिया