काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण आज हुने भएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा शपथग्रहण कार्यक्रम तय गरिएको छ ।
महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथग्रहण कार्यक्रममा बोलाइएको छ ।
कांग्रेस सभापतिमा निर्वाचित गगनकुमार थापाले भने दसैँअघि नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । उनले आज केन्द्रीय कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरूलाई शपथग्रहण गराउनेछन् ।
















प्रतिक्रिया