काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्ला समसामयिक घटनाक्रमबारे सरकारको ध्यानाकर्षण गराउन विशेष बैठक बोलाएको छ।
आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सभापति गगन थापा, वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, उपसभापति र महामन्त्रीहरू सहभागी हुनेछन्।
कांग्रेसका एक पदाधिकारीका अनुसार पछिल्ला राजनीतिक तथा समसामयिक घटनाक्रमबारे पार्टीको धारणा तय गर्न र सरकारलाई ध्यानाकर्षण गराउन पदाधिकारीको विशेष बैठक बोलाइएको हो।
बैठकले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउने विषयमा छलफल गर्ने बताइएको छ।
विशेष बैठकलगत्तै सभापति थापाले समसामयिक घटनाक्रमबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने कार्यक्रम छ। उक्त कार्यक्रममा काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरू पनि सहभागी हुनेछन्।
पार्टी पदाधिकारीको बैठकपछि हुने छलफलमा अन्य केन्द्रीय सदस्यहरूको समेत उपस्थिति रहने कांग्रेसले जनाएको छ।
















प्रतिक्रिया