२२ भदौ २०८३, सोमबार | September 7, 2026

भैरहवाबाट प्रतिबन्धित लागु औषध सहित २ जना पक्राउ



बुटवल । नेपालमा प्रतिबन्धित लागु औषध सहित रुपन्देही प्रहरीले २ जनालाई पक्राउ गरेको छ । भैरहवाको उद्योगपुरीबाट प्रतिबन्धित लागु औषध सहित २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रुपन्देही मर्चवारी गाउँपालिका वडा नं. ६ बस्ने ३२ वर्षिय हरिद्वार प्रसाद कुर्मी र सोही स्थानका ३३ वर्षिय पिन्टु यादव रहेका छन् ।

रुपन्देही प्रहरीको लागुऔषध नियन्त्रण व्युरो शाखा कार्यालय भैरहवा र अस्थायी प्रहरी बिट गल्लामण्डी रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा कुर्मीले चलाएको भारतिय नम्बरको मोटरसाइकलमा पछाडी सवार यादवले भिरेको झोलाबाट प्रतिबन्धित लागु औषध बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुबाट डाईजेपाम १०० एम्पुल, फेनेरागन १०० एम्पुल र नुफिन १०० एम्पुल लागु औषध सहित बरामद भएको हो । नियन्त्रणमा रहेको मोटरसाईकल सहित उनीहरु माथि लागु औषध कुसरमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ९ : २४ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार