५ कार्तिक २०८३, बिहिबार | October 23, 2026

भैरहवाबाट प्रतिबन्धित लागु औषध सहित २ जना पक्राउ



बुटवल । नेपालमा प्रतिबन्धित लागु औषध सहित रुपन्देही प्रहरीले २ जनालाई पक्राउ गरेको छ । भैरहवाको उद्योगपुरीबाट प्रतिबन्धित लागु औषध सहित २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रुपन्देही मर्चवारी गाउँपालिका वडा नं. ६ बस्ने ३२ वर्षिय हरिद्वार प्रसाद कुर्मी र सोही स्थानका ३३ वर्षिय पिन्टु यादव रहेका छन् ।

रुपन्देही प्रहरीको लागुऔषध नियन्त्रण व्युरो शाखा कार्यालय भैरहवा र अस्थायी प्रहरी बिट गल्लामण्डी रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा कुर्मीले चलाएको भारतिय नम्बरको मोटरसाइकलमा पछाडी सवार यादवले भिरेको झोलाबाट प्रतिबन्धित लागु औषध बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुबाट डाईजेपाम १०० एम्पुल, फेनेरागन १०० एम्पुल र नुफिन १०० एम्पुल लागु औषध सहित बरामद भएको हो । नियन्त्रणमा रहेको मोटरसाईकल सहित उनीहरु माथि लागु औषध कुसरमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ९ : २४ बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही