४ पुस २०८२, शुक्रबार | December 19, 2025

एमाले राजनीतिमा पुनः सक्रिय भएको पूर्वराष्ट्रपति विद्या भण्डारीको औपचारिक घोषणा (पूर्णपाठ)



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ नेकपा एमालेको सदस्यता नवीकरण गरेको बताएकी छन् ।

जननेता मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा शनिबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा सदस्यता नवीकरणसँगै आफू एमालेको परिवारको सदस्यको रूपमा पुनः जोडिएको बताइन् ।

‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा एमाले मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु,’ भण्डारीले भनिन्, ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु ।’

व्यवहारका कसीबाट खारिएका जननेता मदन भण्डारीका भनाइलाई आदर्श मानेर आफू पार्टीमा समर्पित रहिरहने उनको भनाइ थियो ।

‘राजनीतिक यात्रामा आजका दिनसम्म आइपुग्दा मलाई राजनीतिक उतारचढावले धेरै कुरा सिकाएका छन्, बुझाएका छन् र थप परिपक्व समेत बनाएका छन्,’ भण्डारीले भनिन् ।

सम्बोधनको पूर्णपाठ:

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ५ : ५२ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा