२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

ओलीबाट शपथ लिएसँगै वरिष्ठ नेता विद्या भण्डारी एमाले स्थायी कमिटी बैठकमा सहभागी



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा ९एमाले०को वरिष्ठ नेताको पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

बिहीबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई वरिष्ठ नेताको शपथ गराएका हुन् । शपथपछि भण्डारी स्थायी कमिटी बैठकमा सहभागी भएकी छन् ।

एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले भण्डारीलाई वरिष्ठ नेता मनोनीत गरेको थियो । त्यस निर्णयपछि बिहीबार उनले औपचारिक रूपमा एमालेको सक्रिय दलीय राजनीतिमा पुनरागमन गरेकी हुन् ।

लगातार दुई कार्यकाल राष्ट्रपति बनेकी भण्डारी राष्ट्रपति हुनुअघि एमालेकी उपाध्यक्ष थिइन् । राष्ट्रपति निर्वाचित भएपछि उनले पार्टीको सक्रिय राजनीतिबाट अलग भएकी थिइन् । राष्ट्रपतिको कार्यकाल सकिएपछि उनले एमालेको सदस्यता नवीकरण गराए पनि अध्यक्ष ओलीले उनको सदस्यता होल्ड गरेका थिए ।

पछिल्लो समय एमालेभित्रको आन्तरिक राजनीतिक ध्रुवीकरण र शक्ति सन्तुलनमा आएको परिवर्तनसँगै ओलीले भण्डारीको सदस्यता फुकुवा गर्दै उनलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिएका हुन् । यससँगै भण्डारी लामो समयपछि औपचारिक रूपमा एमालेको पार्टी संरचनामा फर्किएकी छन् ।

बिहीबार बसेको एमालेको पहिलो स्थायी कमिटी बैठकमा केन्द्रीय कमिटीको तेस्रो बैठकले सचिवालयलाई प्रत्यायोजन गरेका विभिन्न एजेन्डामाथि छलफल भइरहेको छ । ती विषयमा आवश्यक निर्णय गर्ने कार्यसूची रहेको एमालेले जनाएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार  ३ : ५५ बजे

खजुरा क्यान्सर अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष र सदस्यहरुबाट पदभार ग्रहण

खजुरा । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा

कांग्रेस महाधिवेशनमा आज मतदान नहुने, भोलि बिहान ७ बजेदेखि गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

राष्ट्रियसभाको विपद् अध्ययन समितिका सभापति पौडेलद्वारा शपथ ग्रहण

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर

ओलीबाट शपथ लिएसँगै वरिष्ठ नेता विद्या भण्डारी एमाले स्थायी कमिटी बैठकमा सहभागी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा ९एमाले०को वरिष्ठ नेताको पद

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज