८ आश्विन २०८३, बिहिबार | September 24, 2026

एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई बनायो सम्मानित वरिष्ठ नेता



काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सम्मानित वरिष्ठ नेता बनाएको छ। एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने निर्णय गरेको हो।

यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा भण्डारीलाई वरिष्ठ नेता बनाउने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने जानकारी गराएका थिए। सचिवालय बैठकपछि बसेको केन्द्रीय कमिटी बैठकमा उक्त प्रस्ताव अघि बढाइएको थियो।

एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरको भनिमण्डलस्थित रामबाग भवनमा जारी रहेको थियो। बैठकअघि बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बसेको थियो। बैठकमा सांगठनिक विषयसहित स्थायी कमिटी र पोलिटब्युरो गठनलगायत विषयमा समेत छलफल भएको थियो।

पूर्वराष्ट्रपति भण्डारी लामो समय एमालेको सक्रिय राजनीतिमा रहेकी थिइन्। उनी एमालेकी तत्कालीन उपाध्यक्षसमेत रहेकी थिइन्। राष्ट्रपति पदमा निर्वाचित भएपछि उनले पार्टीको सक्रिय सदस्यता त्यागेकी थिइन्। पछिल्लो समय उनी पुनः एमालेको सक्रिय राजनीतिमा फर्कने विषय चर्चामा थियो।

केन्द्रीय कमिटीको निर्णयसँगै भण्डारी एमालेको सम्मानित वरिष्ठ नेताको भूमिकामा रहने भएकी छन्।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार  ३ : २५ बजे

ईश्वर पोखरेलसहित सात नेता एमाले स्थायी कमिटी सदस्य मनोनीत

काठमाडौं । नेकपा एमालेले सात जना नेतालाई स्थायी कमिटी सदस्यमा

महिला कबड्डीमा नेपालको जित, एसियाली खेलकुदमा अर्को एक पदक पक्का

काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी

एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई बनायो सम्मानित वरिष्ठ नेता

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सम्मानित वरिष्ठ

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

काठमाडौं। सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत (भरतमणि) दाहाललाई तारेखमा राखेर

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, करिब १० घर जले

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा भीषण आगलागी