२९ मंसिर २०८२, सोमबार | December 16, 2025

अध्यक्ष नेपालको बारेमा टीकाटिप्पणी नगर्न नेताहरुलाई एकीकृत समाजवादीको निर्देशन



काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले अध्य‍क माधवकुमार नेपालका बारेमा टीकाटिप्पणी नगर्न निर्देशन गरेको छ ।

पतञ्जली प्रकरणमा विशेष अदालतवाट ३५ लाख धरौंटीमा छुटेमा नेता नेपालका बारेमा पार्टी भित्रवाटै टीकाटिप्पणी हुन थााले पछि यो निर्देशन जारी भएको हो।

पार्टी अध्यक्ष कमरेड माधव कुमार नेपालमाथि अख्तियार अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाका सम्बन्धमा असार २२ गते प्रेस विज्ञप्ति मार्फत पार्टीको प्रारम्भिक धारणा स्पष्ट पारिएको सर्वविदित नै छ, महासचिव घनश्याम भुषालले एक प्रेस बिज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यस परिस्थितिलाई कसरी सामना गर्ने भन्नेवारे अन्य आवश्यक निर्णय पार्टीले संस्थागत रुपमा गर्ने नै छ तसर्थ पार्टीको आधिकारिक धारणासँग बाझ्ने कुनै पनि कुरा सार्वजनिक रूपले नबोल्न, नलेख पार्टी केन्द्रीय कार्यालय सबै कमरेडहरूको ध्यानाकर्षण गर्दछ ।’

उनले अगाडि उल्लेख गरेका छन, ‘पार्टीमा आफ्ना धारणा राखे विधि र स्थानहरू छन् भन्ने कुरामा हेक्का राख र कुनै पनि बहानामा सार्वजनिक वादप्रतिवादमा नउत्रिनसमेत सबैलाई आग्रह गर्दछ ।’

यसअघि नेतृ रामकुमारी झाँक्रीले मरेको सिनो काँधमा हालेर हिँड्न नसकिने भन्दै विवादास्पद भाषण गरेकी थिइन ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ६ : २८ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको