१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

कालिका मानवज्ञानले ग-यो एसइइमा जीपीए ४ ल्याउने ७ जना विद्यार्थी ५ सय ८९ विद्यार्थीलाई सम्मान



बुटवल । बुटवल-१० कालिकानगरमा रहेको कालिका मानवज्ञान माविले हालै मात्रै प्रकाशन भएको एसइईको परीक्षामा जीपीए ४ ल्याउने ७ जना विद्यार्थीहरु सहित ५ सय ८९ जना विद्यार्थीलाई सम्मान गरेको छ । सोमबार विद्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरी ग्रेडेट भएका विद्यार्थी र अभिभावकहरुलाई सम्मान गरिएको हो ।

अनिस जिसी, अस्मीना पराजुली, प्रसंसा पराजुली, प्रतिक पौड्याल, स्वरुप न्यौपाने, सुर्दशन न्यौपाने र सुजन बाह्रघरेले जिपीए ४ ल्याएका थिए । कालिका मानवज्ञान मावि बाट यो बर्ष ७ जना विद्यार्थीले जिपीए ४ ल्याएका छन् । जुन रुपन्देही जिल्लामा सामुदायिक विद्यालय दोस्रो हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै विद्यायका प्रमुख शैक्षिक सल्लाहकार तथा पुर्व प्रधानाध्यापक तथा बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकले अभिभावकको संस्कार सहितको शिक्षाका कारण उपलब्धि हाँसिल भएको बताएका थिए । आमाबाबु र शिक्षकले मात्रै विद्यार्थी सर्वश्रेष्ठ रहेको हेर्न चाहाना रहेको भन्दै अहिले प्राप्त गरेको नतिजालाई जोगाउनु सबैभन्दा महत्त्वपूर्ण रहेको धारणा राखेका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष तथा बुटवल कालिका क्याम्पसका अध्यक्ष होम बहादुर गलामी, अभिभावक संघका अध्यक्ष केशवराज न्यौपाने सहितका विभिन्न व्याक्तिवहरुले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।

विद्यालयका कक्षा १० ईन्चार्ज दिपक बन्जाडेको सञ्चालनमा भएको कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक दिनेश थापाले शिक्षकहरुको कडा मिहिनेत विद्यार्थीहरुको अथक प्रयास बाट विद्यालयले उच्च नतिजा प्राप्त गर्न सफल भएको भन्दै सबैलाई बधाई तथा धन्यावाद दिएका थिए ।

उच्च शिक्षाको नयाँ खुड्कीलो सुरुवात भएको भन्दै विद्यार्थीहरुलाई आगामी दिनमा आफ्नो भविश्य कस्तो बनाउने भन्ने निर्णय लिने बेला पनि आएको भन्दै सोही अनुसार आफ्नो ईच्छा, आकांक्षा र योजना अनुसारको विषय छनौट गरी अगाडी बढ्न सुझाव समेत दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यान्द ज्ञवालीले कालिकाको सिर उचो राख्ने कालिकाका नक्षत्रहरुलाई बधाई दिदै आगामी शैक्षिक यात्राको लागि कालिकामा नै स्वागत गरिएको जानकारी गराएका थिए ।

कालिका मानवज्ञान माविमा यो वर्ष एईई परिक्षमा सम्मिलित विद्यार्थीहरु मध्ये जिपीए ४, ७ जनाले, जिपीए ३.६०-४ सम्म २०८ जनाले, जिपीए ३.२० देखि ३.६० सम्म २ सय ४३ जनाले, जीपीए २.८० देखि ३.२० सम्म १०३ जनाले, जिपीए २.४० देखि २.८० सम्म २५ जनाले र जिपीए २.०० देखि २.४० सम्म ३ जनाले ल्याएका छन् ।

कालिका मानज्ञान मावि माविमा कक्षा ११ मा विज्ञान संकाय, प्राविधिक तर्फ कम्प्युटर ईन्जीनीयरिङ्ग, व्यवस्थापन संकायमा कम्प्युटर विज्ञान, लेखा, वित्तशास्त्र, सहित शिक्षा, मानविकी संकायमा भर्ना खुलेको छ ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ७ : ४९ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा