१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

परेन पानी, भएन रोपाइँ



महोत्तरी । सयममा वर्षात् नहुँदा जिल्लामा धान रोपाइँ न्यून भएको छ । मध्य असार बित्नलाग्दा यहाँ तयार बीउ र पानीको अभावले रोपाइँ पछि परेको हो ।

जिल्लामा कुल खेतीयोग्य जग्गा करिब ७१ हजार हेक्टरमध्ये धानखेती ४५ देखि ५० हेक्टरसम्म गरिँदै आइएको छ । तर यसपालि अनुकूल वर्षा नहुँदा ब्याड राख्न भएको ढिलाइ र रोपाइँका लागि पानी नपुग्दा धानखेती पछि परेको कृषि ज्ञान केन्द्रले जनाएको हो । “अनुकूल वर्षा नहुँदा किसानले समयमा ब्याड राख्न सकेनन्, अहिले रोपाइँ गर्नुपर्ने बेलामा पनि पानी पर्न सकेन, त्यसैले यहाँको रोपाइँ कम भएको छ”, कार्यालय प्रमुख तथा वरिष्ठ कृषि अधिकृत देवानन्द यादवले भने ।

सामान्यतयाः महोत्तरीसहितका मधेसका किसानले जेठ तेस्रो साताभित्र ब्याड राखिसक्ने र असार भित्र रोपाइँ सक्दछन् । यही असार १५ मा धान दिवस मनाइरहँदा यहाँको रोपाइँ दुई–तीन प्रतिशतभित्र रहेको उनले बताए ।

जिल्लाका कुल खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमा मात्र कुलो नहर पुग्ने सिँचाइ व्यवस्था छ । यसपालि लामो खडेरीले कुुलोको पानीका स्रोतको मुहान नरसाउँदा यस्ता जग्गामा पनि रोपाइँ कम भएको जनाइएको छ । भङ्गाहा-५ का भूचक्रपुरका किसान लक्ष्मण महतो सरकारले वैकल्पिक सिँचाइका लागि इनार, बोरिङ, स्यालो ट्युबवेलजस्ता कार्यक्रम र बीउ, मलखाद एवं प्रविधि किसानसम्म पुर्याउन सकेमात्र खेतीपातीमा किसानको उत्साह बढ्ने बताउँछन ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ७ : ५९ बजे

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित

रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले