३० असार २०८३, मंगलबार | July 14, 2026

खजुरामा भातखुवाईको भोज खाएका १३ जना बिरामी, ४ जना अस्पताल भर्ना



खजुरा । बाँकेको खजुरा गाँउपालिका ४ एक गाउँमा बिषाक्त खानाका कारण १३ जना बिरामी भएका छन् । गत १४ गते राति गरिएको भातखुवाई कार्यक्रमको खानपिनमा सरिक भएका मध्य १३ जनालाई झाडापखाला लागेको हो ।

स्थानीय निश्मा विष्टको छारीको भातखुवाई कार्यक्रममा खाना खाएका मध्य १३ जना बिरामी परेको प्रहरीले जनाएको छ । बिरामी मध्य ४ जनाको स्थानीय बाँके सिटी अस्पताल, खजुरामा उपचार भैरहेको छ भने अन्य बिरामी उपचारपछि घर फर्केको बताइएको छ । अस्पतालमा उपचाररत बिरामीहरुमा मिनाकुमारी मगर, सीता बुढा क्षेत्री, लिलावती विष्ट र खुसी विष्ट रहेका छन् । उनीहरुको अवस्था पनि सामान्य बन्दै गएको इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ ।

आज बिहान मात्र सिटि हस्पिटल खजुरामा उपचार भैरहेको बिरामीको स्वास्थ्य अवस्था बारे जानकारी लिन खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर बहादुर बि क ९तुफान०, उपाध्यक्ष मन्जु मल्लसहितको टोली अस्पताल पुगेका थिए । अध्यक्ष बिकले घट्ना बारे आवश्यक अनुसन्धान गर्न सम्बन्धि निकायमा अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  १० : ५९ बजे

सुकुमवासी समस्या : सार्वजनिक महत्वको प्रस्ताव लैजान कांग्रेस संसदीय दललाई आग्रह

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित