३१ असार २०८३, बुधबार | July 15, 2026

राष्ट्रियसभामा विनियोजन विधेयकमाथि छलफल जारी



काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का बेदुराम भुसालले कृषिजन्य वस्तुको आयात प्रतिस्थापन गरेर आत्मनिर्भर बन्न किसानमैत्री बजेट नबनेको गुनासो गरेका छन् ।

विनियोजन विधेयक, २०८२ माथिको छलफलमा भाग लिँदै उनले बजेट सन्तुलित नभएको टिप्पणी गर्नुभयो । क्षेत्रगत हिसाबले बजेट सन्तुलित नभएको उनको आरोप छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अञ्जान शाक्यले दिगो विकासका लक्ष्य हासिल गर्न बजेट कार्यान्वयनमा जोड दिइन। साथै उनले स्वदेशी उत्पादन अन्तरराष्ट्रिय बजारमा पुर्याउन कृषि केन्द्र स्थापना गर्न सुझाइन ।

विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकमध्ये आज सातवटा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोग सचिवालयमाथि छलफलमा जारी छ ।

छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद जितजङ्ग बस्नेतले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गम्भीर भएर गर्नुपर्ने बताए ।

जनता समाजवादी पार्टी नेपालका पूजा चौधरीले बजेट स्वरोजगारलाई प्रवद्र्धन गर्नेतर्फ केन्द्रित छ भन्दै त्यसमा समावेश भएका अधिकांश कार्यक्रम सुधारोन्मुख रहेका राय व्यक्त गरिन् ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका शेखर सिंहले स्वदेशमै चिनी उत्पादन गर्न किसानलाई उखुखेतीतर्फ प्रोत्साहन गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ४ : ०१ बजे

घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका-५ स्थित ठिनी खोलामा पक्की मोटरेबल

अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी

लमजुङ । ‘कालो सुन’का रूपमा परिचित अलैँचीले लमजुङका किसानको जीवनस्तर

वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण

भोजपुर । वन्यजन्तुको संरक्षण र पानीको अभाव कम गर्ने उद्देश्यले

बागलुङमा सिँचाइ सुविधा विस्तार

बागलुङ । बागलुङमा एक वर्षको अवधिमा १०७ वटा सिँचाइ योजना

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

ललितपुर । देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न