३ पुस २०८२, बिहिबार | December 18, 2025

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै



काठमाडौं । संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ । आज कानून, न्याय तथा मानवअधिकार समिति, अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, पूर्वाधार विकास समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो ।

महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो २ बजे बस्नेछ भने बाँकी समितिका बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छन् । कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा संशोधन प्रस्तावकर्ता सांसद सदस्यसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, अर्थ समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथि आन्तरिक छलफल हुनेछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल पर्यटन बोर्डको हालसम्मको अवस्था, कार्यप्रगति र चुनौती तथा आगामी कार्ययोजनाबारे सम्बन्धित मन्त्रालय र बोर्डसँग छलफल गर्ने तयारी छ ।

पूर्वाधार विकास समिति बैठकमा मध्यपहाडी राजमार्गको जाजरकोट खण्ड र भेरी नदीको पुलका विषयमा छलफल हुनेछ । यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको कामकारवाही सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ८ : ४९ बजे

एमाले नेतृत्वलाई छोएकै दिनदेखि देश ठप्प हुन्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले एमाले

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम