१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै



काठमाडौं । संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ । आज कानून, न्याय तथा मानवअधिकार समिति, अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, पूर्वाधार विकास समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो ।

महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो २ बजे बस्नेछ भने बाँकी समितिका बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छन् । कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा संशोधन प्रस्तावकर्ता सांसद सदस्यसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, अर्थ समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथि आन्तरिक छलफल हुनेछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल पर्यटन बोर्डको हालसम्मको अवस्था, कार्यप्रगति र चुनौती तथा आगामी कार्ययोजनाबारे सम्बन्धित मन्त्रालय र बोर्डसँग छलफल गर्ने तयारी छ ।

पूर्वाधार विकास समिति बैठकमा मध्यपहाडी राजमार्गको जाजरकोट खण्ड र भेरी नदीको पुलका विषयमा छलफल हुनेछ । यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको कामकारवाही सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ८ : ४९ बजे

निर्वाचनमा खटिने कर्मचारीले कस्तो आचरण पालना गर्नुपर्छ ?

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था

मतदाताहरु मतदान गर्न ‘पहाडघर’ फर्केपछि सुनसान बन्दै बुटवल (फोटोफिचर)

बुटवल । निर्वाचनको दिन नजिकिएसँगै पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

काठमाडौँ । बिहिबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ

ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा मंगलबार दिउँसो आगलागी नियन्त्रणमा

पुल्चोकस्थित दाउरा थकालीमा आगलागी, नियन्त्रण प्रयास जारी

काठमाडौं । ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा मंगलबार दिउँसो आगलागी भएको