४ पुस २०८२, शुक्रबार | December 19, 2025

पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता गर्न गृह मन्त्रालयमा पत्राचार



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई पूर्वराष्ट्रपतिको रूपमा प्राप्त हुने सरकारी सेवा र सुविधा नलिने निर्णय सार्वजनिक गरेकी छन्।

भण्डारीले बुधबार आफ्नो स्वकीय सचिवालयमार्फत गृह मन्त्रालयमा पत्र पठाउँदै सेवा सुविधा नलिने जानकारी गराएकी हुन्। केही दिनअघि मात्रै भण्डारीले नेकपा (एमाले)को सक्रिय राजनीतिमा पुनः फर्किएको घोषणा गरेकी थिइन्।

‘जबजका तीन दशक’ शीर्षकको राष्ट्रिय गोष्ठीमा जननेता मदनकुमार भण्डारीको ७४औं जन्मजयन्तीका अवसरमा बोल्दै उनले देश र जनताको हितलाई आफ्नो ध्येय र लक्ष्य रहेको बताउँदै राजनीति त्याग्नुपर्ने कुनै अवस्था नरहेको उल्लेख गरेकी थिइन्।

उनको सचिवालयका अनुसार, सक्रिय राजनीतिक भूमिकामा फर्किएकी स्थितिमा उनले पूर्वराष्ट्रपतिको रूपमा सेवा सुविधा लिँदा नैतिक तथा सार्वजनिक रूपमा प्रश्न उठ्न सक्ने देखिएकाले ती सुविधा नलिने निर्णय लिएकी हुन्।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ३ : १० बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज