१४ भदौ २०८३, आइतबार | August 30, 2026

नयाँ पुस्ताको माग सम्बोधन नगरी मुलुक अघि बढ्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई लामो समयसम्म अस्थिर अवस्थामा राख्न नहुने बताएकी छिन् ।

जेनजी आन्दोलनपछिको अवस्थाबारे भण्डारी स्वयंले आयोजना गरेको अन्तरक्रियामा उनले अन्यौलता समाधानका लागि राजनीतिक दल, नागरिक समाज र नयाँ पुस्ताबीच सहकार्य आवश्यक रहेको बताएकी छन्।

उनले आन्तरिक अस्थिरताले मुलुकलाई मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै चुनौती उत्पन्न गर्ने खतरा रहेको चेतावनी दिइन्।

‘सधैं यस्तो अवस्थामा मुलुक रहिरहन सक्दैन, यसको समाधान खोज्नुपर्छ। हाम्रो शक्तिको मूल स्रोत जनता हुन्,’ भण्डारीले भनिन्।

उनले दलहरूको नीति र कार्यक्रम जनताले दिएको सुझावसँग मेल खानुपर्नेमा जोड दिइन । उनले सबै पक्षबीच समन्वय र सहकार्यमार्फत मात्र समस्या समाधान सम्भव हुने धारणा राखिन्। ‘पार्टीहरू र आ–आफ्ना आस्थाबीच छलफल र सहकार्य भयो भने मात्र वर्तमान समस्याबाट मुलुकलाई निकाल्न सकिन्छ,’ उनले भनिन्।

भण्डारीले अस्थिरताले मित्र राष्ट्रहरूमाझ समेत चिन्ता सिर्जना गर्न सक्ने भन्दै शान्ति, स्थायित्व र राष्ट्रिय एकता कायम गर्दै मुलुकलाई युगअनुकूल अगाडि बढाउन सबैलाई आह्वान गरिन्।

राजनीतिक नेताहरूको कार्यशैलीप्रति असन्तोष व्यक्त गर्दै उनले भनिन्, ‘नेताहरूले बाहिर धेरै बोल्ने तर पार्टीभित्र केही गर्न नसक्ने प्रवृत्ति ठीक होइन। जनताको भावना बुझ्नुपर्छ, सबैको कुरा सुन्नुपर्छ र त्यसलाई कार्यान्वयन गर्नुपर्छ।’

उनले विशेषतः नयाँ पुस्ताको मनोविज्ञान, माग र आकांक्षा पहिचान गरी त्यसलाई सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याउँदै भनिन्, ‘नयाँ पुस्ताले के चाहन्छ, के अपेक्षा गर्छ, त्यसलाई सम्बोधन नगरी मुलुकलाई अगाडि बढाउन सकिँदैन।’

कार्यक्रममा बुद्धिजीविहरु, पूर्वप्रशासकहरु, कानूनविद्हरु, वरिष्ठ पत्रकारहरुले आआफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ५ : १८ बजे

नदीमा पानीको बहाब बढ्दा माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङमा फसेकाको उद्धार थप चुनौतीपूर्ण

काठमाडौं । बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका

चीनद्वारा नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री हस्तान्तरण

काठमाडौं । चीन सरकारले बाढी तथा पहिरोबाट प्रभावित नेपालका नागरिकका

त्रिशूली–३ ‘बी’ को आयोजनास्थलमा खोज तथा उद्धार सुरु

काठमाडौं । भोटेकोशीे बाढीबाट प्रभावित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा खोज

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती

काठमाडौँ । भोटेकोशी बाढीग्रस्त रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा

भोटेकोशी बाढी अपडेट : ७३४ जनाको मृत्यु, २४९८ सम्पर्कविहीन र ८,१८६ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो