७ आश्विन २०८३, बुधबार | September 23, 2026

विद्या भण्डारी : “म अझै एमालेकी सदस्य र कार्यकर्ता नै छु”



विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सोमबार विराटनगर पुगेकी छन् । विराटनगरस्थित उद्घोष दैनिक को वार्षिकोत्सवमा सहभागी हुन पुगेकी उनले विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै आफू अझै पनि नेकपा (एमाले) की संगठित सदस्य तथा कार्यकर्ता रहेको स्पष्ट पारिन् ।

भण्डारीले पार्टीसँगको आफ्नो ४५ वर्ष लामो राजनीतिक यात्राको स्मरण गर्दै नेकपा (एमाले) को नीति तथा कार्यक्रमअनुसारै अघि बढ्ने बताइन् । उनले राष्ट्रपतिको पदमा निर्वाचित हुँदा पनि एमालेकै निर्णयबाट गएको र कार्यकाल सकिएपछि पुनः पुरानो राजनीतिक जीवनमा फर्किएको प्रस्ट पारिन् ।

“राजतन्त्र र गणतन्त्र फरक कुरा हुन् । गणतन्त्रमा पद आवधिक हुन्छ, कार्यकाल सकिएपछि जुनसुकै नागरिकले आफ्नो सामाजिक वा राजनीतिक जीवनमा फर्कन सक्छ,” उनले भनिन् ।

पार्टी सदस्यता नवीकरण खारेज गरिएकोबारे सोधिएको प्रश्नमा भण्डारीले आफूलाई त्यसबारे औपचारिक जानकारी नपुगेको दाबी गरिन्। “सबै सदस्यलाई सबै कुरा थाहा हुँदैन, कमिटीमा बस्नेहरूलाई थाहा होला । म अहिले केन्द्रीय समितिमा छैन, त्यसैले पार्टीको औपचारिक निर्णयबारे जानकारी छैन,” भण्डारीले भनिन् ।

गत साउन १४ गते भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी थिइन् । त्यसयता उनले पार्टी नेतृत्वमा केपी शर्मा ओलीले निरन्तरता दिन नसक्ने भन्दै आगामी दिनमा अध्यक्ष पदको दाबी गर्ने संकेत पनि गरेकी थिइन् । तर त्यसपछिको केन्द्रीय समिति बैठकले उनको नवीकरण भइसकेको सदस्यता नै खारेज गर्ने निर्णय गरेको थियो ।

एमालेले गरेको सो निर्णयका बाबजुद भण्डारीले आफ्नो अभियान रोकिएको छैन भन्ने अठोट दोहोर्‍याइन्। उनले पार्टी विधान र प्रक्रिया अनुसार सदस्यता नवीकरण गरिसकेको दाबीसमेत गर्दै आफूलाई आलोचना र आरोपबाट विचलित नहुने बताइन् ।

“माथि गुट चलाएको भन्ने आरोप लगाइन्छ, तर म त्यस्ता आरोपबाट मुक्त छैन भन्ने स्वीकार्छु । तर पार्टीको हितका लागि काम गर्ने मेरो संकल्प अटल छ,” भण्डारीले भनिन् ।

प्रकाशित मिति : २ भदौ २०८२, सोमबार  २ : ४४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई