३ पुस २०८२, बिहिबार | December 18, 2025

३४ अङ्कले बढ्यो नेप्से परिसूचक



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ४२ अङ्कले बढेको छ । आज एक दशमलव २९ प्रतिशतको वृद्धिपछि नेप्से दुई हजार छ सय ९४ दशमलव ८२ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय १७ कम्पनीको तीन करोड एक लाख ८२ हजार ३४१ कित्ता शेयर ८९ हजार ४६८ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब ७४ करोड ४८ लाख ४३ हजार ३७५ बराबरको कारोबार भएको छ ।

आज सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी जीवन बिमा समूह दुई दशमलव ८३, निर्जीवन बिमा दुई दशमलव ५१ र विकास बैंक समूह दुई दशमलव ३१ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकिङ एक दशमलव ३६, वित्त एक दशमलव ९९, होटल तथा पर्यटन शून्य दशमलव ७१ र जलविद्युत् शून्य दशमलव ४७ प्रतिशतले बढेको छ ।

लगानी एक दशमलव शून्य एक, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६९, लघुवित्त शून्य दशमलव ५६, म्युचुअल फण्ड शून्य दशमलव शून्य छ, व्यापार एक दशमलव ७६ र अन्य समूह शून्य दशमलव ९१ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र खानीखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य सबैभन्दा बढी नौ दशमलव ९९ प्रतिशतले बढेको नेप्सेले जनाएको छ । आज ‘नौ प्रतिशत आइसिएफसी फाइनान्स लिमिटेड डिबेन्चर–२०८८’ को शेयर मूल्य सबैभन्दा बढी तीन दशमलव ३१ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  ४ : ०९ बजे

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको