३० असार २०८३, मंगलबार | July 15, 2026

दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न अदालतको आदेश



काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई साइबर क्राइमको मुद्दामा २५ हजार धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश जारी गरेको छ।

न्यायाधीश खेमराज भट्टको इजलासले बिहीबार उक्त आदेश दिएको हो।

पाठक बिहीबार नै जिल्ला अदालतमा उपस्थित भएपछि उनको बयान लिएर थुनछेक बहस सम्पन्न भएको थियो।

नेपाल प्रहरीको साइबर ब्युरोले पाठकले युट्युबमार्फत प्रसारण गरेको सामग्रीमाथि अनुसन्धान गरेको थियो। उक्त सामग्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्र मन्त्री आरजु राणा देउवा र उनका छोरा जयवीर देउवाको हिल्टन तारे होटलमा लगानी रहेको तथा अस्ट्रेलिया, क्यानडा र दुबईमा समेत लगानी रहेको दाबी गरिएको थियो।

प्रहरीले उक्त भिडियो, स्क्रिनसट र कागजातहरू अभियोग पत्रसहित अदालतमा पेस गरेको छ। यद्यपि, उच्च अदालत पाटनको अन्तरिम आदेशले पाठकलाई पक्राउ गर्न रोक लगाएको कारण उनको बयान नलिई अभियोग पत्र दायर गरिएको थियो।

 

 

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  ५ : ३४ बजे

सुकुमवासी समस्या : सार्वजनिक महत्वको प्रस्ताव लैजान कांग्रेस संसदीय दललाई आग्रह

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित