७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

खजुरालाई फलफूलको हब बनाउन बिद्यालयमा फलफूलको बिरुवा वितरण



नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकालाई फलफूलको हबको रुपमा विकास गर्ने उद्देश्यका साथ यस वर्षपनि खजुरा गाउँपालिकाका विभिन्न बिद्यालयमा फलफूलका बिरुवा वितरण गरिएको छ । खजुरा गाउँपालिका वातावरण शाखामार्फत गाउँपालिकाभित्रका बिद्यालयहरुमा फलफूलका बिरुवा वितरण गरिएको हो ।

हरेक वषै जस्तै पालिकाले यसवर्ष पनि फलफूलका बिरुवा वितरण गर्ने गरी काम शुरु गरेको गाउँपालिकाले जनाएको छ । आज मात्रै बिभिन्न बिद्यालयहरुलाई आँप, लिची, अम्वा, कागती र अनारका बिरुवा गरी ६ हजार बिरुवा वितरण गरेको खजुरा गाउँपालिका वातावरण शाखा प्रमुख नेत्रलाल महतराले जानकारी दिए ।

खजुराका जनता नमुना मावि, आदर्श मावि र योगिनी माविमा बिरुवा वितरण भइसकेको र अन्य बिद्यालयहरुमा समेत वितरण गरिने उनले जनाए । आज जनता नमुना मावि खजुराका बालिकाहरुलाई आँप ७३, लिची १८, अम्वा ४०, कागती ५० र अनार १८ गरी १९९ फलफुलका बिरुवा वितरण गरिएको छ ।

पालिकाका अनुसार ५२ जना वालिकाहरुलाई ५२ वटा फलफूलका बिरुवा बितरण गरिएको छ भने बाँकी बिरुवाहरु बिद्यालयमा रोपिएको श्री जनता नमुना माविका प्रधानाध्यापक महेन्द्र खत्रीले बताए ।

बालिकाहरुलाई बिरुवा वितरण कार्यक्रममा बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष केहर सिंह थापा, प्रधानाध्यापक खत्री, बास नेपालका हेमराज भट्ट र जमुना चौधरीलगायतको उपस्थिती रहेको थियो । विरुवा पाएपछि घरमा गएर रोप्ने र उचित संरक्षण गर्ने बालिकाहरुले प्रतिबद्धता ब्यक्त गरे ।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  ९ : ०९ बजे

नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । नेकपा (एमाले)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज

नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक शुक्रबार

लिस्बन । नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक शुक्रबार लिस्बनमा

टिभिएस एनटर्क १२५ का १ लाख ५० हजारभन्दा बढी प्रयोगकर्ता, देशभर विशेष उत्सव आयोजना गरिने

काठमाडौं । नेपालको दुई पाङ्ग्रे सवारीसाधन बजारमा ऐतिहासिक उपलब्धि हासिल

आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को ‘सुपर ८’ समीकरण पूरा

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत ‘सुपर ८’

बुटवलका युवा उद्यमीको विश्वास : अर्थतन्त्र सुधारमा विष्णु पौडेलको भूमिका महत्त्वपूर्ण

बुटवल । बुटवलका युवा उद्यमीहरूले नेपालको खस्किँदो अर्थतन्त्रलाई सही दिशामा