१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

धानको ब्याडमा खैरा रोग र गवाराको प्रकोप



चितवन । यहाँको विभिन्न स्थानमा धानको ब्याड अनुगमन गर्दा आवश्यक खाद्य तत्व जिंकको कमीले लाग्ने खैरा रोग र गवाराको प्रकोप देखिएको छ ।

कृषि विकास कार्यालय चितवनको प्राविधिक कार्य समूहले सो अनुगमन गरेको हो । कार्यालयकी बागवानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार हाल रोपाइँको तयारी भइरहेका खेत तथा बीउको ब्याडमा जिंक तत्वको कमीका कारण खैरा रोग देखिएको छ । गवारोको संक्रमणसमेत पाइएको छ ।

जिंकको कमी हुँदा बोटको फेदतिरको पात पहेँलिने, खैरा थोप्ला देखिने, विस्तारै पात पूरै खैरो वा रातो भएर सुक्ने र धानमा गाँज नलाग्ने कृषि प्राविधिकहरु बताउँछन् । “बीउ राख्ने बेलामै जिंक सल्फेट माटोमा हाल्नुपर्ने हो”, चौहानले भनिन्, “तर अब ढिलो भइसकेकाले किसानले जिंकलाई पानीमा घोलेर स्प्रे गर्नुपर्ने हुन्छ ।”

उनका अनुसार पानीको अभाव हुने तथा रासायनिक मल असन्तुलित रूपमा प्रयोग गरिएका तथा एउटै खेती लगातार धेरै वर्ष लगाइरहने खेतहरूमा यस्ता रोग र कीराको प्रकोप बढी देखिन्छ ।

चौहानका अनुसार गवारो धानको प्रमुख पिराहा कीरा हो, जसको लार्भाले गुवो खाएर बीउलाई नोक्सान पु-याउने गर्छ । पहेँलो र सेतो गवारो विशेष रूपमा धानमा क्षति पु-याउने कीरा हुन् । ब्याडमा गबारोको प्रकोप देखिएको र यसले उत्पादनमा असर गर्न सक्ने उनले बताइन् ।

अधिकृत चौहानले खैरा रोग नियन्त्रणका लागि जिंक सल्फेट २० ग्राम र चुन १२ ग्रामलाई ५० लिटर पानीमा मिसाइ स्टिकर थपेर एक रोपनी खेतमा छर्कनु पर्ने र ७ दिनको फरकमा दोहो¥याउन उपयुक्त हुने बताइन् ।

जिल्लामा हाल २७ हजार २०७ हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुँदै आएको छ । धानको औसत उत्पादकत्व प्रतिहेक्टर ४.२ मेट्रिकटन रहेको छ ।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  ९ : १९ बजे

रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा

काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले

चिनिया विज्ञले औंल्याए हिमपहिरो विनाशकारी हुनुका चार प्रमुख कारण

बेइजिङ । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने ग्यिरोङ काउन्टीमा

पलाञ्चोक भगवतीमा क्षमा पूजा

बनेपा । पलाञ्चोक भगवतीको मूर्तिमा आज क्षमा पूजा सम्पन्न गरिएको

Chinese President Xi extends condolences over mudslide disaster in Nepal

BEIJING : Chinese President Xi Jinping on Friday sent a