२२ भदौ २०८३, सोमबार | September 8, 2026

विलासिता कर र भ्याटको विरोधमा सुनचाँदी व्यवसायीको बुटवलमा मोटरसाइकल -याली



बुटवल । सरकारले सुनचाँदी तथा हिरा पथ्थरका गर-गहनामा विलासिता कर र भ्याट लगाएको विरोधमा चरणबद्ध आन्दोलनमा रहेका सुनचाँदी व्यवसायीहरुले शुक्रबार बुटवलमा बृहत मोटरसाइकल ¥याली तथा विरोध सभा गरेका छन् । बुटवल सुनचाँदी व्यवसायी संघ, बुटवलको आवहानमा विपी चोकबाट सुरु भएको मोटरसाइकल ¥याली ट्राफिकचोक, अस्पताललाइन, दिपनगर, राजमार्ग चौराहा, योगीकुटी, सेमलार, बेलबास हुँदै ट्राफिक चोकमा आएर समापन भएको थियो ।

विरोधसभामा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्यद्वय दिपक कुमार विक र चेतनारायण विक, सुनचादी कालिगड संघका अध्यक्ष कमल विसी, तिलोत्तमा आभुषणका जित मल्ल बोल्दै सरकारले गरेको निर्णय तत्काल फिर्ता दिन आग्रह गरे । कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष गकुल विश्वकर्मा, स्वागत उपाध्यक्ष कृष्ण सुनार तथा सञ्चालन चुरामणी विकले गरेका थिए ।

सरकारले आ.व. २०८२/०८३ को बजेट वक्तव्यमार्फत सुनचाँदि तथा हिरा पथ्थरका गरगहनामा विलासिता कर र भ्याट लगाउने जनाएपछि त्यसले सिधै उपभोक्तालाई मर्का पर्नुकासाथै सुनचादी व्यवसायलाई धाराशाही बनाउने भन्दै सुनचादी व्यवसायी चरणबद्ध आन्दोलनलाई उत्रेका छन् । चरणबद्ध आन्दोलनका क्रममा व्यवसायीहरुले पसल बन्द गरेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ तथा नेपाल सुनचादी रत्न तथा आभुषण महासंघको संयुक्त आव्हानमा सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्य मार्फत सुन तथा सुनका गहनामा २ प्रतिशत विलासिता कर लगाउने र हिरा जवाहरत लगायत बहुमुल्य बस्तुमा १३ प्रतिशत भ्याट लगाउने घोषणा विरुद्ध चरणबद्ध आन्दोलन गरिएको संघका अध्यक्ष गोकुल विश्वकर्माले बताए ।

व्यवसायीहरुले सुनचाँदी व्यवसाय आर्थिक मन्दिका कारण दिन प्रतिदिन ओरालो लागिरहेको र सुनको मूल्यमा उच्च वृद्धि भैरहेको अवस्थामा सुनलाई विलासिताको वस्तु भनि विलासिता कर २ प्रतिशत र हिरा तथा जवहरातमा लगाइएको १३ प्रतिशत मूल्य अभिबृद्धि कर भ्याट लगाउदा त्यसले प्रत्यक्ष रुपमा उपभोक्ता मुल्य चर्को हुने बताएका छन् ।

त्यसबाट व्यवसायीहरुलाई व्यवसायबाट विस्थापित गर्ने स्थिती सिर्जना हुने दावी गरेका छन् । त्यसैगरि छिमेकी भारतको भन्सार दर र नेपालको सुन आयातको भन्सार दर तथा अन्य करमा एकरुपमा नहुदाँ मूल्यमा भिन्नता आउने र नेपाली उपभोक्ताहरु सिमानाका बजारहरुमा सुनका गरगहना किन्न जाने अवस्था सिर्जना हुने उनीहरुको भनाई छ ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ४ : ३१ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार