३० असार २०८३, मंगलबार | July 15, 2026

संगठनात्मक प्रतिवेदनबारे असार मसान्तभित्र सुझाव पठाउन एमालेको निर्देशन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने सङ्गठनात्मक प्रतिवेदनका सम्बन्धका आवश्यक सुझावसहितको प्रतिवेदन पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विधान महाधिवशेनमा प्रस्तुत गरिने सङ्गठनात्मक प्रतिवेदनका सम्बन्धमा लिखित सुझावसहितको प्रतिवेदन पठाउन प्रदेश र जिल्ला कमिटीलाई निर्देशन दिइएको जानकारी दिए ।

“सङ्गठनात्मक प्रतिवेदनमा प्रदेश र जिल्ला कमिटीले आवश्यक सुझावसहित यही असार मसान्तभित्र लिखित प्रतिवेदन पठाउन निर्देशन दिएका छौँ”, उनले भने, “ती सुझावसहित आएका प्रतिवेदनमा केन्द्रीय कमिटीमा छलफल गरेर महाधिवेशनमा लगिनेछ ।”

एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि भदौ २२ गतेसम्म ललितपुरको गोदावरीमा हुने तय भएको छ । महाधिवेशनका लागि राजनीतिक प्रतिवेदन प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णुप्रसाद पौडेल र सङ्गठनात्मक प्रतिवेदनको जिम्मेवारी महासचिव शङ्कर पोखरेललाई दिएको छ ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ४ : ५३ बजे

सुकुमवासी समस्या : सार्वजनिक महत्वको प्रस्ताव लैजान कांग्रेस संसदीय दललाई आग्रह

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित