२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

कलाकार लक्ष्मी श्रेष्ठको निधन



काठमाडौं । कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ । चर्चित हास्य सिरियल ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’को भूमिका निभाएर दर्शकमाझ लाेकप्रिय बनेकी कलाकार श्रेष्ठको शुक्रबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ । केही महिनादेखि घरमै थला परेकी उनी स्तन क्यान्सर लगायतका रोगबाट पीडित थिइन् ।

‘मेरी बास्सै’मा उनले ‘खड्काजी’ (सीताराम कट्टेल) की छुच्ची श्रीमतीको रूपमा अभिनय गरेकी थिइन्, जसले उनलाई दर्शकमाझ निकै लोकप्रिय बनायो ।

लामो समयदेखि अभिनय क्षेत्रमा क्रियाशील लक्ष्मीले जिरे खुर्सानी, कान्छी, उल्टो सुल्टो जस्ता टेलिशृंखलामा अभिनय गरेकी छन् । यस्तै, थुप्रै चलचित्र र म्युजिक भिडियोहरूमा पनि उनी देखिएकी थिइन् । शिवहरि पौड्याल निर्देशित फिल्म लक्का जवानमा समेत उनले अभिनय गरेकी थिइन् ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ७ : ३६ बजे

बाल सुधार गृहमा रहेका बालबिज्याईकर्ताहरुलाई खेलकुद सामाग्री

नेपालगन्ज । विश्व खेलकुद दिवसको अवसरमा जयन्दू बाल सुधार गृहलाई

विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा घटाइयो

काठमाडौँ । सरकारले सार्वजनिक खर्च नियन्त्रण र इन्धन सङ्कट व्यवस्थापन

काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा वर्षा, बुधवार धेरै स्थानमा वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

लुम्बिनी प्रदेशका सांसदसँग प्रधानमन्त्री, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै