१३ भदौ २०८३, शनिबार | August 29, 2026

निर्माणाधिन लुम्बिनी प्रादेशिक अस्पतालको भवनको अर्थमन्त्री पौडेलद्वारा निरीक्षण



बुटवल । निर्माणाधिन लुम्बिनी प्रादेशिक अस्पतालको भवनको उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आइतबार स्थलगत निरीक्षण गरेका छन् ।

निरीक्षण तथा अवलोकनकै क्रमामा अर्थमन्त्री पौडेलले भवन निर्माणमा हालसम्म भएका प्रगति विवरण बारे पूर्वाधार विकास प्राधिकरण लुम्बिनी प्रदेशका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर छवि पोखरेलसँग जानकारी लिएका छन् ।

अर्थमन्त्री पौडेल समक्ष कार्यकारी अधिकृत पोखरेलले निर्धारित समयभन्दा १ वर्षअघि नै योजना सम्पन्न गर्ने प्रतिवद्धता गरे । ‘कुनै आर्थिक संकट वा ठूलो विपत्ती आइपरेन भने ५ वर्षमा सक्नुपर्ने काम हामीले ४ वर्षमै सम्पन्न गर्छौ ।’–पोखरेलले भने । अर्थमन्त्री पौडेलले प्रतिवद्धता अनुसार काम पूरा गरेर देखाउन आग्रह गरे ।

मुलुकमै सबैभन्दा ठूलो र अत्याधुनिक सुविधासहितको सरकारी अस्पताल बन्ने उद्देश्यसाथ निर्माण भइरहेको प्रादेशिक अस्पतालको भवन निर्माणमा २६ प्रतिशत बढी प्रगति भएको छ । मुख्य संरचना बेसमेन्टसम्म तयार भएको छ भने क्यान्सर भवनको ढलान सम्पन्न भइसकेको छ । हाल अस्पतालको मुख्य भवनको दायाँ, बायाँ र बिच भागमा बेसमेन्टको काम सम्पन्न भइसकेको प्राधिकरणका साइट इन्चार्ज शंकर सुवेदीले जानकारी गराए । दोस्रो बेसमेन्ट र लेफ्ट विङको पहिलो बेसमेन्टको ढलान सकिएको उनले जानकारी दिए । त्यस्तै, क्यान्सर उपचार भवनको ¥याफ्ट फाउण्डेसनको ढलानसमेत पूरा भइसकेको बताए ।

अस्पतालको स्थलगत निरीक्षणमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरी, पूर्व स्वास्थ्यमन्त्री तथा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, नेकपा एमाले बोलिट व्युरो सदस्य दधिराम न्यौपाने, एमाले लुम्बिनी प्रदेश सदस्य गोपाल राना लगायतको उपस्थिती रहेको थियो । यसैगरी अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठ, अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकाल लगायत अस्पताल परिवारले अर्थमन्त्री पौडेलसहितको अनुगमन टोलीलाई स्वागत गरेको थियो ।

लुम्बिनी प्रदेश सरकारको गौरव आयोजनाको रुपमा रहेको अस्पताल भवन निर्माणका लागि दुई भवन, उपकरण र आन्तरिक व्यवस्थापनसहितका लागि आठ अर्ब ९९ करोड ७५ लाख ६४ हजार १९९ रुपियाँ रहने अनुमान गरिएको छ । भवन निर्माणको जिम्मा भारतीय कम्पनी क्याम्पासाइट र नेपाली कम्पनीहरू आशिष कन्स्ट्रक्सन र रेलिगेर सम्मिलित संयुक्त संस्थालाई दिइएको छ । वि.सं. २०८० पुस २६ गते सम्झौता भई माघ १८ गतेदेखि निर्माण कार्य प्रारम्भ गरिएको हो । प्राधिकरणका साइट इन्जिनियर सुवेदीले पाँच वर्षको म्याद (२०८५ पुस २५) भित्र ६ अर्ब १८ करोड रुपियाँमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको बताए ।

उनका अनुसार नयाँ भवन १२ तलाको हुनेछ । तल्लो दुई तलामा व्यवस्थित पार्किङ, अगाडि भागमा ओपिडी, आपतकालीन सेवा (इमर्जेन्सी), इन्डोर सर्भिस कक्ष, माथिल्ला तलामा १२ सय बेडसहितको उपचार सेवा रहने गरी भवनको डिजाइन भएको छ । अहिले सोहीअनुरुपको निर्माण कार्य भइरहेको छ ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ५ : १२ बजे

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा पाँच अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

आइएमई ग्रुपले गर्यो बाढी प्रभावितको सहयोग राहत कोषमा १० करोड सहयोग

काठमाडौ । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा । भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका-२

‘चीनले नेपाललाई अग्रिम सूचना दिएन’ भन्ने आरोपप्रति चिनियाँ दूतावासको आपत्ति

काठमाडौं । नेपालमा हालै आएको बाढी तथा पहिरोबारे चीनले नेपाललाई