२४ माघ २०८२, शनिबार | February 8, 2026

‘लेखन र पठन संस्कृतिको विकास गर्ने योजना अनुरूप मातृभाषाका समाचार’



नेपालगन्ज । राष्ट्रिय समाचार समिति (रासस) अवधी समाचार सेवाको प्रभावकारिता बढ्दै गएको छ । यसबाट अवधी भाषाको विकास, संरक्षण तथा सम्बद्र्धनमा टेवा पुगेकाले सेवा भरपुर रूपमा सदुपयोग गर्नुपर्नेमा जोड दिइएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)द्वारा आज यहाँ आयोजित ‘रासस अवधी समाचार सेवा अन्तरक्रिया’का सहभागीले सरकारको विश्वसनिय समाचार संंस्था राससले उत्पादन गरेको अवधी भाषाको समाचार अन्य सञ्चारमाध्यमका लागि अति उपयोगी भएको बताए । पछिल्लो समय सञ्चारमाध्यममा स्थानीय विषयवस्तुको खोजी, जनशक्ति, तथा स्रोत साधन अभावको बेला यो सेवाले ठूलो सहयोग गरेको कार्यक्रमका सहभागी वक्ताहरुको भनाइ थियो ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरी शर्माले स्थानीय भाषा, संस्कृतिको विकास तथा संरक्षणका लागि स्थानीय सरकारको भूमिका बढी भएकाले थप साधन स्रोतको व्यवस्थापन गरी सेवाको प्रभावकारिता बढाउनुपर्नेमा जोड दिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव तथा वरिष्ठ साहित्यकार सनत रेग्मीले अवधी, भाषा र सहित्यको विकासमा सञ्चारमाध्यमको भूमिका बढी रहेकाले अवधी समाचार सेवाको प्रयोग तथा पहुँच बढाउनुपर्ने बताए ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससले स्थानीय भाषा, समुदायलाई लक्षित गरी मातृ भाषाअन्तर्गत अवधी, मैथली र नेपाल भाषाको समाचार सेवा सुरु गरेको उल्लेख गर्दै यो सेवाको प्रभावकारिताका लागि सरोकारवाला समुहसँग पृष्ठपोषण कार्य गरेको बताए ।

कार्यकारी अध्यक्ष झाले राससले पाठकको लेखन र पठन संस्कृतिको विकास गर्ने योजना अनुरूप मातृभाषाका समाचार सेवालाई प्राथमिकताका साथ अघि बढाएको बताए । उनले समुदायका वास्तविक सवालको पहिचान गरी खोजमुलक पत्रकारितामार्फत जनतालाई सुसुचित बनाउने काम राससले गरिरेको जानकारी गराउँदै मातृभाषा समाचार सेवाको प्रभावकारीता बढ्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा वरिष्ठ पत्रकार लियाकत अली, हेमन्त कर्माचार्य, निरज गौतम, नेपाल पत्रकार महासङ्घ बाँके अध्यक्ष नविन गिरी, पत्रकार तथा अवधी साहित्यकार आरिफ अन्सारी, शरण कर्माचार्य, विरेन्द्र यादव, जहिरुल हक जीनू, अधिबक्ता विश्वजित तिवारी, पवन जायसवाललगायतले रासस अवधी समाचार सेवाको प्रभावकरिताका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

रासस नेपालगन्ज कार्यालयका प्रमुख युवराज पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन अवधी भाषाका समाचार सम्पादक राकेशकुमार मिश्रले गरेका थिए । राससले नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा डेढ वर्ष अघि अवधी समाचार सेवाको सुरुआत गरेको थियो ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  १० : १५ बजे

बुटवलको मिलनचोकमा रहेको सिद्धार्थ कटेजमा तीनदिने मोमो महोत्सव हुँदै

बुटवल । बुटवलको सिद्धार्थ कटेजमा मोमो महोत्सव आयोजना हुने भएको

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको