३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

संसदीय सुनवाइ समितिबाट प्रस्तावित न्यायाधीशको नाम अनुमोदन



काठमाडौं । संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिस दुई न्यायाधीशसहित तीन जनाको नाम अनुमोदन गरेको छ ।

आज बसेको समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेल, शान्तिसिंह थापा र श्रीकान्त पौडेल तथा न्याय परिषद् सदस्यमा प्रस्तावित महेशकुमार नेपालको अनुमोदन गरेको हो ।

सर्वोच्च अदालतको न्यायाधीशमा अनुमोदन भएका थापा र पौडेल उच्च अदालतका मुख्य न्यायाधीशको जिम्मेवारीमा रहेका थिए भने पोखरेल वरिष्ठ अधिवक्ताको रूपमा रहेका थिए ।

सभापति इश्वरी न्यौपानेले अब न्यायाधीश सिफारिस गर्दा समावेशिताका आधारमा सिफारिस गर्नमा जोड दिएकी छिन् । बैठकमा उपस्थित भएका कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरासियालाई समावेशी र समानुपातिक आधारमा सिफारिस गर्न पनि उनले निर्देशन दिएकी छिन ।

 

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  १२ : ४९ बजे

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण,

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

नवलपरासी । भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका

नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ललितपुरको नक्खु कारारागारबाट फरार भएका

भित्तेचित्रले बदलिँदै नेपालगन्जको रूप

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सहरका सरकारी तथा सार्वजनिकस्थलको सुन्दरता बढाउन