५ पुस २०८२, शनिबार | December 20, 2025

संसदीय सुनवाइ समितिबाट प्रस्तावित न्यायाधीशको नाम अनुमोदन



काठमाडौं । संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिस दुई न्यायाधीशसहित तीन जनाको नाम अनुमोदन गरेको छ ।

आज बसेको समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेल, शान्तिसिंह थापा र श्रीकान्त पौडेल तथा न्याय परिषद् सदस्यमा प्रस्तावित महेशकुमार नेपालको अनुमोदन गरेको हो ।

सर्वोच्च अदालतको न्यायाधीशमा अनुमोदन भएका थापा र पौडेल उच्च अदालतका मुख्य न्यायाधीशको जिम्मेवारीमा रहेका थिए भने पोखरेल वरिष्ठ अधिवक्ताको रूपमा रहेका थिए ।

सभापति इश्वरी न्यौपानेले अब न्यायाधीश सिफारिस गर्दा समावेशिताका आधारमा सिफारिस गर्नमा जोड दिएकी छिन् । बैठकमा उपस्थित भएका कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरासियालाई समावेशी र समानुपातिक आधारमा सिफारिस गर्न पनि उनले निर्देशन दिएकी छिन ।

 

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  १२ : ४९ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र