१३ असार २०८३, शनिबार | June 28, 2026

जन्मदिनमा म्युजिक भिडियो ‘नसाँचो बोलेउ तिमी’ सार्वजनिक



खजुरा । पेशाले एम्बुलेन्स चालक रहेका कलाकार मोडल राजु सुनारले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । बर्दिया बढैयाताल २ जमुनी सितापुर स्थायी घर भई हाल नेपालगन्ज बस्ने मोडेल कलाकार सुनारलले आज एक समारोबीच म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएको नेपाली आधुनिक गीत ‘नसाँचो बोलेउ तिमी’ मा चर्चित गायक प्रमोद खरेलको आवाज रहेको छ । कृष्णा रोका ‘अलपत्र’ को शब्द रहेको गीतमा सन्तोष श्रेष्ठले संगीत भरेका छन् । सिनेमटोग्राफीमा प्रविन खड्काले गरेको म्युजिक भिडियोमा डियोको सम्पादन दीपक विष्टले गरेका हुन् । प्रविन खड्काले निर्देशन गरेको म्युजिक भिडियोमा राजु सुनार, गीता खड्का र जयालाल डाँगीले अभिनय गरेका हुन् ।

खजुरा स्थित द मण्डला क्याफे एण्ड रेष्ट्रोमा जन्मदिन मनाउँदै भिडियो सार्वजनिक गरिएको हो । म्युजिक भिडियो दाङ घोराहीको घोर्दौराको विभिन्न स्थानमा छायांकन गरिएको कलाकार सुनारले बताए । मोडल सुनार एम्बुलेन्स चालक पनि हुन । कलाकारितामा सक्रिय सुनार पछिल्ला दिनमा म्युजिक भिडियोहरुमा देखिदै आएका छन् । गीतको म्युजिक भिडियो जलजला टिभिको युटुब च्यानलमा हेर्न सकिन्छ ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ९ : ५१ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट