१८ माघ २०८२, आइतबार | February 1, 2026

मौद्रिक नीति : आवासीय कर्जाको सीमा बढ्यो, अब ३ करोड रुपैयाँसम्म ऋण लिन सकिने (पूर्णपाठ)



काठमाडौं । नेपाल राष्ट्र बैंकले आवासीय कर्जाको सीमा वृद्धि गरेको छ। शुक्रबार गभर्नर विश्वनाथ पौडेलले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत आवास कर्जासम्बन्धी नयाँ व्यवस्था ल्याइएको हो।

नयाँ नीतिअनुसार अब व्यक्तिगत आवास निर्माण वा खरिदका लागि अधिकतम ३ करोड रुपैयाँसम्म ऋण लिन सकिनेछ। यसअघि उक्त सीमा २ करोड रुपैयाँ थियो।

राष्ट्र बैंकले पहिलो घर निर्माण वा खरिद गर्ने व्यक्तिको हकमा घरको कुल मूल्यको ८० प्रतिशतसम्म कर्जा दिन सकिने व्यवस्था गरेको छ। दोस्रो घर वा अन्य आवासीय प्रयोजनका लागि भने यो सीमा घटेर अधिकतम ७० प्रतिशतसम्म कायम गर्न सकिने छ।

यस निर्णयले आवास निर्माण तथा खरिद क्षेत्रलाई थप प्रोत्साहन दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १ : १६ बजे

‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अक्सफोर्डका अंकित गौतमलाई

बुटवल । बुटवलस्थित बागेश्वरी कला तथा संगीत एकेडेमीको आयोजनामा सम्पन्न

प्रहरी महानिरीक्षक कार्कीद्वारा जन्मभूमिको विद्यालयमा ५ लाखको अक्षयकोष स्थापना

गुल्मी । नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले आफुले बाल्यकालमा

इरान-अमेरिका तनाब चुलिँदै गएपछि नेपालद्वारा इरान भ्रमण नगर्न आग्रह

काठमाडौं । इरान र अमेरिकाबीच बढ्दो कूटनीतिक तथा सुरक्षा तनाबका

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार

युएईले दियो दुई सय छयत्तर नेपालीलाई आममाफी

काठमाडौं । नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४