२३ भदौ २०८३, मंगलबार | September 9, 2026

जङ्गली हात्तीको आक्रमणबाट बाँकेमा एक महिलाको मृत्यु



कोहलपुर । बाँकेमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको बैजनाथ–१ देउराली हात्तिसारमा बर्दिया राष्ट्रिय निकुञ्जवाट आएको जंगली हात्तिको बथानको आक्रमण गर्दा स्थानीय एक महिलाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार आज बिहान करिव सवा ८ बजेतिर च्याउ टिप्न जंगल पसेकी चिसापानीकी ४५ वर्षिया पुर्णिमा बुढाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का स्थानीय हरिप्रसाद ढकाल घाइते भएका छन् ।

जंगलमा च्याउ टिप्न गएको बेलामा एक्कासी जंगली हात्तिको झुण्डले फेला परी आक्रमण गरेको जानकारीमा आएको इलाका प्रहरी कार्यालय कोहलपुरकी ईन्चार्ज प्रहरी नायव उपरिक्षक लक्ष्मी खनालले बताईन् । आक्रमणबाट गम्भीर आवस्थामा रहेकी बुढालाई उपचारार्थ शिक्षण अस्पताल कोहलपुर लगिएकोमा चिकित्सकहरुले मृत घोषणा गरेको उनले जानकारी दिइन् । घाइते ढकालको अवस्था सामान्य रहेको डीएसपी खनालले बताइन् ।

मृतकको शवलाई पोष्टमार्टमका लागि नेपालगन्जस्थित भेरी अस्पताल लगिएको मृतक बुढाका आफन्त लोकवहादुर रोकायका बताए ।

विहान सबेरै च्याउ खोज्न गएकाहरु मध्य बुढा जंगली हात्तिहरुको वथान नजिक पुगेपछि हात्तिले आक्रमण गरेको र अन्य महिलाहरु त्यहाँबाट भागेर ज्यान जोगाउन सफल भएका स्थानीयले बताएका छन् ।

 

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १ : २९ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी