२९ मंसिर २०८२, सोमबार | December 15, 2025

जङ्गली हात्तीको आक्रमणबाट बाँकेमा एक महिलाको मृत्यु



कोहलपुर । बाँकेमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको बैजनाथ–१ देउराली हात्तिसारमा बर्दिया राष्ट्रिय निकुञ्जवाट आएको जंगली हात्तिको बथानको आक्रमण गर्दा स्थानीय एक महिलाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार आज बिहान करिव सवा ८ बजेतिर च्याउ टिप्न जंगल पसेकी चिसापानीकी ४५ वर्षिया पुर्णिमा बुढाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का स्थानीय हरिप्रसाद ढकाल घाइते भएका छन् ।

जंगलमा च्याउ टिप्न गएको बेलामा एक्कासी जंगली हात्तिको झुण्डले फेला परी आक्रमण गरेको जानकारीमा आएको इलाका प्रहरी कार्यालय कोहलपुरकी ईन्चार्ज प्रहरी नायव उपरिक्षक लक्ष्मी खनालले बताईन् । आक्रमणबाट गम्भीर आवस्थामा रहेकी बुढालाई उपचारार्थ शिक्षण अस्पताल कोहलपुर लगिएकोमा चिकित्सकहरुले मृत घोषणा गरेको उनले जानकारी दिइन् । घाइते ढकालको अवस्था सामान्य रहेको डीएसपी खनालले बताइन् ।

मृतकको शवलाई पोष्टमार्टमका लागि नेपालगन्जस्थित भेरी अस्पताल लगिएको मृतक बुढाका आफन्त लोकवहादुर रोकायका बताए ।

विहान सबेरै च्याउ खोज्न गएकाहरु मध्य बुढा जंगली हात्तिहरुको वथान नजिक पुगेपछि हात्तिले आक्रमण गरेको र अन्य महिलाहरु त्यहाँबाट भागेर ज्यान जोगाउन सफल भएका स्थानीयले बताएका छन् ।

 

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १ : २९ बजे

एमाले महाधिवेशनमा ओली र पोखरेर प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर