१८ माघ २०८२, आइतबार | February 1, 2026

माछापुच्छ्रे बैंकद्वारा महाकाली प्रादेशिक अस्पताललाई वाटर चिलर हस्तान्तरण



काठमाडौं । माछापुच्छ्रे बैंकले सुदुरपश्चिम प्रदेशमा रहेको महाकाली प्रादेशिक अस्पताललाई बैंकको संस्थागत उत्तरदायित्व अन्तर्गत वाटर चिलर हस्तान्तरण गरेको छ ।

गर्मीको मौसमलाई ध्यानमा राखी अस्पतालमा उपचारका लागि आउने बिरामी, तिनका कुरुवा तथा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई लक्षित गर्दै स्वच्छ पिउने पानीको पहुँच सुनिश्चित गर्न बैंकले उक्त सहयोग प्रदान गरेको हो ।

आज बैंकका सुदुरपश्चिम प्रदेश प्रमुख श्री मनिष उपाध्याय तथा स्वास्थ्य तालिम केन्द्र धनगढी कैलालीका महाप्रबन्धक नरेन्द्र सिंह कार्कीले महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अर्जुन भट्टलाई संयुक्त रुपमा हस्तान्तरण गरे ।

उक्त अस्पतालमा दैनिक सयौं सेवाग्राहीहरूको आवागमन हुने तर स्वच्छ पिउने पानीको व्यवस्था नहुदाँ समस्या देखा परेको जानकारी पाए पश्चात बैंकले उक्त  प्रदान गरेको हो ।

बैंकले स्वास्थ्य सेवा प्राप्त गर्न आउने सर्वसाधारणहरूलाई प्रत्यक्ष लाभ पु-याउने अपेक्षा गरिएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता, विपद् राहत तथा समावेशी आर्थिक पहुँचका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ ।

 

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ३ : ०९ बजे

इरान-अमेरिका तनाब चुलिँदै गएपछि नेपालद्वारा इरान भ्रमण नगर्न आग्रह

काठमाडौं । इरान र अमेरिकाबीच बढ्दो कूटनीतिक तथा सुरक्षा तनाबका

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार

युएईले दियो दुई सय छयत्तर नेपालीलाई आममाफी

काठमाडौं । नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

रुपन्देही उद्योग संघले बनायो २ वर्षे कार्ययोजना

बुटवल । रूपन्देही उद्योग संघले आगामी दुई वर्षको कार्ययोजना तयार