२३ चैत्र २०८२, सोमबार | April 6, 2026

स्पेनमा अत्यधिक गर्मी र डढेलोको जोखिम बढ्दो



बार्सिलोना । स्पेनमा गर्मीको लहर, डढेलो, आँधी र बाढीजस्ता चरम मौसम घटनाहरू बारम्बार र उग्र रूपमा देखापर्न थालेका छन् । यसले जनस्वास्थ्य र वातावरणमा गम्भीर असर पार्ने भन्दै एक जलवायु विज्ञले सबैलाई सतर्क रहन आग्रह गरेका छन् ।

बार्सिलोना विश्वविद्यालयका भौतिक भूगोलका प्राध्यापक खाभिए मार्टिन-भिदेले भने, “स्पेनी जनताले अहिलेको बिग्रँदो मौसम अवस्थासँग जुध्न मनोबल र तयारी दुवै आवश्यक छ ।”

जुन महिनाको अन्त्य र जुलाईको सुरुमा स्पेनका धेरै स्थानहरूमा तापक्रम ४२ डिग्रीसम्म पुगेको थियो । यसै साता स्पेनको मौसम विभागले केही भागहरूमा भारी वर्षा, हावाहुरी र डुबानको चेतावनी दिएको छ ।

प्राध्यापक मार्टिन-भिदेले बताएअनुसार यस्ता अत्यधिक तापक्रमले डढेलोको खतरा निकै बढाउँछ । यसै साता उत्तरपूर्वी कातालोनिया क्षेत्रमा मात्रै तीन हजार तीन सय हेक्टर जमिन जलेको छ । केही दिनअघिमात्रै सोही क्षेत्रमा ६ हजार हेक्टर जमिन, जसमा धेरैजसो खेतीयोग्य जमिन थियो, आगोले नष्ट गरेको थियो ।

“यस्ता डढेलो अत्यधिक गर्मीमा सजिलै फैलिन सक्छन्,” उनले भने, “हामीले पहिले नै कातालोनियामा ठूलो आगलागी देखिसकेका छौं र यो गर्मीभरि यस्ता भयावह दृश्य दोहोरिन सक्ने सम्भावना छ ।”

उनले थपे, “अत्यधिक तापक्रमपछि डढेलो, डुबान, आँधी र हावाहुरीजस्ता घटनाहरू अब प्रत्येक वर्ष झनै सामान्य जस्तै हुनेछन् ।”

प्राध्यापकले जलवायु सम्बन्धी अध्ययनबाट थाहा पाइएको भन्दै भने, “आउँदा वर्षहरूमा तापक्रम अझै बढ्नेछ । यसले गर्दा गर्मीका यस्ता लहरहरू अझ चाँडै सुरु हुने, बढी दिनसम्म चल्ने र अझ तीव्र हुने छन् ।”

उनी विशेष गरी वृद्ध व्यक्तिहरूका लागि गर्मीको असर खतरनाक हुने बताउँछन् । स्पेनको स्वास्थ्य मन्त्रालयका अनुसार, गएको गर्मीमा गर्मीसम्बन्धी समस्याका कारण दुई हजार २० जनाको ज्यान गएको थियो, जसमा ९० प्रतिशत ७५ वर्षभन्दा माथिका थिए ।

स्पेनमा बढ्दो तापक्रमका कारण डढेलो, आँधी, बाढी र अन्य प्राकृतिक विपद्को जोखिम बढ्दै गएको छ । यस्ता चरम मौसम घटनाहरू वर्षेनी झनै सामान्य बन्ने संकेत देखिन्छ । त्यसैले सर्वसाधारणदेखि राज्य निकायसम्म सबैले जलवायुको जोखिमप्रति सजग भई समयमै पूर्वतयारी गर्न विज्ञहरूले सुझाव दिएका छन् ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ७ : ४८ बजे

ओली र लेखकलाई हिरासतमा राख्ने म्याद नथप्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री

दोस्रो सौभाग्य गोल्डकपमा देवदहको सहज जित

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

रुपन्देही उद्योग संघमा खाद्यान्न र कृषि तथा डेरी वस्तुगत समिति गठन

बुटवल । रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक