११ माघ २०८२, आइतबार | January 26, 2026

स्पेनमा अत्यधिक गर्मी र डढेलोको जोखिम बढ्दो



बार्सिलोना । स्पेनमा गर्मीको लहर, डढेलो, आँधी र बाढीजस्ता चरम मौसम घटनाहरू बारम्बार र उग्र रूपमा देखापर्न थालेका छन् । यसले जनस्वास्थ्य र वातावरणमा गम्भीर असर पार्ने भन्दै एक जलवायु विज्ञले सबैलाई सतर्क रहन आग्रह गरेका छन् ।

बार्सिलोना विश्वविद्यालयका भौतिक भूगोलका प्राध्यापक खाभिए मार्टिन-भिदेले भने, “स्पेनी जनताले अहिलेको बिग्रँदो मौसम अवस्थासँग जुध्न मनोबल र तयारी दुवै आवश्यक छ ।”

जुन महिनाको अन्त्य र जुलाईको सुरुमा स्पेनका धेरै स्थानहरूमा तापक्रम ४२ डिग्रीसम्म पुगेको थियो । यसै साता स्पेनको मौसम विभागले केही भागहरूमा भारी वर्षा, हावाहुरी र डुबानको चेतावनी दिएको छ ।

प्राध्यापक मार्टिन-भिदेले बताएअनुसार यस्ता अत्यधिक तापक्रमले डढेलोको खतरा निकै बढाउँछ । यसै साता उत्तरपूर्वी कातालोनिया क्षेत्रमा मात्रै तीन हजार तीन सय हेक्टर जमिन जलेको छ । केही दिनअघिमात्रै सोही क्षेत्रमा ६ हजार हेक्टर जमिन, जसमा धेरैजसो खेतीयोग्य जमिन थियो, आगोले नष्ट गरेको थियो ।

“यस्ता डढेलो अत्यधिक गर्मीमा सजिलै फैलिन सक्छन्,” उनले भने, “हामीले पहिले नै कातालोनियामा ठूलो आगलागी देखिसकेका छौं र यो गर्मीभरि यस्ता भयावह दृश्य दोहोरिन सक्ने सम्भावना छ ।”

उनले थपे, “अत्यधिक तापक्रमपछि डढेलो, डुबान, आँधी र हावाहुरीजस्ता घटनाहरू अब प्रत्येक वर्ष झनै सामान्य जस्तै हुनेछन् ।”

प्राध्यापकले जलवायु सम्बन्धी अध्ययनबाट थाहा पाइएको भन्दै भने, “आउँदा वर्षहरूमा तापक्रम अझै बढ्नेछ । यसले गर्दा गर्मीका यस्ता लहरहरू अझ चाँडै सुरु हुने, बढी दिनसम्म चल्ने र अझ तीव्र हुने छन् ।”

उनी विशेष गरी वृद्ध व्यक्तिहरूका लागि गर्मीको असर खतरनाक हुने बताउँछन् । स्पेनको स्वास्थ्य मन्त्रालयका अनुसार, गएको गर्मीमा गर्मीसम्बन्धी समस्याका कारण दुई हजार २० जनाको ज्यान गएको थियो, जसमा ९० प्रतिशत ७५ वर्षभन्दा माथिका थिए ।

स्पेनमा बढ्दो तापक्रमका कारण डढेलो, आँधी, बाढी र अन्य प्राकृतिक विपद्को जोखिम बढ्दै गएको छ । यस्ता चरम मौसम घटनाहरू वर्षेनी झनै सामान्य बन्ने संकेत देखिन्छ । त्यसैले सर्वसाधारणदेखि राज्य निकायसम्म सबैले जलवायुको जोखिमप्रति सजग भई समयमै पूर्वतयारी गर्न विज्ञहरूले सुझाव दिएका छन् ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ७ : ४८ बजे

कर्मचारी कुटपिट गर्नुपर्ने जस्ता अभिव्यक्ति दिने व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि हिंसा

अर्बुदरोग निवारण संस्थाले विश्व क्यान्सर दिवसमा सचेतना कार्यक्रम गर्ने

बुटवल । नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीले विश्व क्यान्सर

लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा छ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोगको पहल

काठमाडौँ । निर्वाचनमा सामाजिक सञ्जालबाट हुने निर्वाचन आचारसंहिता उल्लङ्घनको नियमन