११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

इन्धन स्विचहरू अफ हुँदा एयर इन्डिया विमान दुर्घटना भएको रिपोर्ट सार्वजनिक



काठमाडौं । भारतको अहमदावादमा गत महिना भएको एयर इन्डिया विमान दुर्घटना भएको समयमा कोपाइलटले चलाएको र मूल क्याप्टेनले मनिटरिङ गरिरहेको रिपोर्टबाट देखिएको छ । रिपोर्ट अनुसार इन्जिनहरू बन्द गर्न प्रयोग गरिने इन्धन नियन्त्रण गर्ने स्विचहरू बन्द अवस्था (कट-अफ)मा पाइएको छ । ककपिटमा रेकर्ड भएको स्वरको टुक्राले यो अनुमान भएको हो ।

‘किन उसले कट अफ गरेको ?’ रेकर्ड भएको आवाजमा भनिएको छ । दुर्घटनामा २६० जना यात्रुको ज्यान गएको थियो । प्रारम्भिक रिपोर्ट बाहिर आएपछि एयर इन्डियाले विज्ञप्ति जारी गर्दै सबै सरोकारकलासँग समन्वय गर्ने जनाएको छ । एयर इन्डियाले मृतकको परिवारको दुःखमा आफ्नो पनि साथ रहेको बताएको छ ।

१५ पृष्ठ लामो रिपोर्टमा विमानले पूर्ण गति लिएपछि एक सेकेन्डको अन्तरमा इन्जिन १ र इन्जिन २ को स्विच रनबाट कटअफ पोजिसनमा गएको थियो । त्यसपछि पाइलटको आवाज ककपिटमा रेकर्ड भएको हो । चार सेकेन्डको फरकमा दुवै इन्जिनको स्विच कट अफबाट रनमा सरेको छ । त्यसको केही मिनेटपछि एक पाइलटले ‘मे डे मे डे मे’ भनेका थिए । त्यसको लगत्तै विमान विस्फोटको आवाज आएको थियो ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ७ : ५२ बजे

गत आर्थिक वर्षमा ११ हजार ६०३ पर्यटक पुगे कोशी टप्पु

धरान । आर्थिक वर्ष २०८१/८२ मा ११ हजार ६०३ पर्यटकले

तोलामा एक हजार नौ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु

पोखरा महानगरको योजना : फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

कास्की । पोखरा महानगरपालिका विगत लामो समयदेखिको प्रयासपछि फिर्केखोलाको अतिक्रमण

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई

रौतहटमा बाघ गणना जारी

रौतहट । बाघको संरक्षण गर्न सबै तहतप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको