२१ माघ २०८२, बुधबार | February 4, 2026

शेयरधनी, कर्मचारी र पत्रकारलाई निषेध गरेर ग्रामिण विकास बैंकको साधारणसभा सम्पन्न



बुटवल । दश वर्षअघि पाँचवटा क्षेत्रीयस्तरका ग्रामिण विकास बैंकहरु गाभिएर बनेको ग्रामिण विकास लघुबित्त संस्था लि.को दशौं साधारणसभा बुटवलमा सम्पन्न भएको छ । केही शेयरधनी र कर्मचारीहरुको चर्को विरोधका बिच पत्रकारहरुलाई समेत प्रवेशमा रोक लगाएर गरिएको साधारणसभाले संस्थालाई मर्जर प्रकृयामा लैजाने निर्णय गरिएको छ । तिन जिल्ला कार्यक्षेत्र रहेको सर्लाहीको मलंगवाको समाज विकास लघुबित्त संस्थासँग समान अनुपातमा गाभ्ने निर्णय गर्ने निर्णय संचालक समितिले गरेपछि केही शेयरधनी र केही कर्मचारीहरुले बिरोध गर्दै आएका थिए ।

नेपाल राष्ट्र बैंकको मर्जर पोलिसि अनुसार बि.सं २०७१ सालमा समान प्रकृति, समान उद्देश्य र समान सिद्धान्तका पाँचवटा क्षेत्रीयस्तरका ग्रामिण विकास बैंकहरु गाभिएर बनेको सो ग्रामिण विकास लघुबित्त संस्था लि.का संचालकहरुको निहित स्वार्थका कारण यो निर्णय गरिएको आरोप लागेको छ । संचालक र प्रमुख कार्यकारी अधिकृतको निजि स्वार्थमा सानो र कमजोर संस्थासँग मर्जरको निर्णय गरिएको आरोप लगाएको नेपाल राष्ट्रिय कर्मचारी संगठनले साधारण सभा प्रवेशद्धारमा विरोध प्रदर्शन समेत गरेको छ । संगठनका अध्यक्ष दिपेन्द्र लुईटेलले समग्र संस्था, शेयरधनी र कर्मचारीको हित बिपरित निर्णय भएकोले बिरोध प्रदर्शन गरिएको बताए ।

पटक पटक साधारण सभा हुने स्थानको ठेगाना परिवर्तन गरि शेयरधनीहरुलाई झुक्याउने खेल भएको भन्दै उनिहरुले बिरोध गरेका छन् । शेयरधनी डिलकुमारी पौडेल शर्माले संस्थागत रुपमा खवरै नगरेको आरोप लगाउदै आफै थाहा पाएर साधारण सभास्थल पुग्दा प्रहरी लगाएर प्रबेशमा रोक लगाएको गुनासो गरिन । मिति २०८२/०३/०५ गतेको संचालक समितिको बैठकले गरेको निर्णय अनुसार २०८२/०३/१३ गते प्रकाशित सुचनामा संस्थाको केन्द्रिय कार्यालयमा साधारण सभाको कार्यक्रम रहेकोले उपस्थित हुन सुचित गरिएको थियो । लगत्तै २०८२/०३/१९ गते अर्को सुचना प्रकाशित गरेर स्थान परिवर्तन गरिएको छ । स्थान बुटवल १२ कालिकानगर एसियन होटेलमा आयोजना गरिएको भनेर लेखिएको छ, यद्यपी कालिकानगर बुटवल १२ मा पर्दैन र बुटवल १२ मा कालिकानगर र एसियन होटेल भन्ने छैन ।

यस्ता नक्कली र बनावटी कार्यगरि खासगरि महिला शेयर सदस्यहरुलाई अलमल्याउने कार्य गरेको भन्दै शेयरधनी दुर्गा चापागाईले संस्थासँग असम्बन्धित मानिसहरु परिचालन गरेर आफुहरुलाई साधारण सभामा प्रबेश गर्न नदिइएको बताईन् । मर्जर भएको १० बर्षसम्म शेयर धनीहरुलाई कुनै नाफा दिन नसकेको सो बित्तिय संस्थाले आफुहरुमाथि ज्यादती नै गरेको आरोप लगाउदै उनले पहिले केही नभन्ने यहाँ आएपछि शेयरधनी परिचय पत्र र शेयरधनी प्रमाणपत्र चाहिन्छ भनेर प्रबेशमा रोक लगाएको भन्दै विरोध गरिन् । यस्तै देवदह खैरेनीका चन्द्रकान्त न्यौपानेले यसरी हातहतियार सहितका प्रहरी प्रशासन लगाएर शेयर सदस्यहरुलाई साधारण सभामा जान रोक लगाउनु निन्दनिय भएको बताए ।

अधिकांश शेयरधनी र कर्मचारीहरुले संचालक समिति र साधारण सभाले संस्थाको हित बिपरित गरेका निर्णयहरु खारेजीको माग गर्दै नेपाल राष्ट्र बैंकमा निवेदन दिने बताएका छन् । यद्यपी संचालक समितिका अध्यक्ष भरतराज कोईराला र प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवालले आफुहरुले संस्थाको हितलाई ध्यानमा राखेर मर्जरमा जाने निर्णय गरेको बताए । संस्थाको हित नचाहने केही तत्वहरुको उक्साहटमा केही कर्मचारी र शेयरधनीहरुले विरोध गरेको आरोप लगाउदै संस्थाको नेतृत्वले अरुको हितमा नभै संस्थाकै शेयरधनी र कर्मचारीहरुको हितमा निर्णय गरेको हुनाले यसमा अन्यथा नलिन आग्रह समेत गरेका छन् ।

साधारण सभामा अध्यक्ष कोइरालाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाबाट देशका ५६ जिल्लाका १८९ शाखामार्फत ३६९ स्थानीय तहका २ लाख १६ हजार ८७५ सदस्यलाई लघुवित्त सेवा पु¥याएको जानकारी दिए । २०८१ असार मसान्तसम्म कुल कर्जा लगानी १२.२३ अर्ब रुपैयाँ र बचत ३.५४ अर्ब रुपैयाँ पुगेको बताए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कटुवालले संस्थाको हित संरक्षण तथा उचित प्रतिफल सुनिश्चित गर्न योजनाबद्ध ढंगले काम गरिने प्रतिबद्धता जनाए ।

शेयरधनी चन्द्र नारायण श्रेष्ठले गरिबी निवारणमा संस्थाको भूमिकालाई प्रशंसा गर्दै मितव्ययी व्यवस्थापन र लाभांश सुनिश्चिततामा जोड दिन सुझाव दिए । संस्थाका पूर्व अध्यक्ष माणिकरत्न शाक्यले संस्था सन्तोषजनक रूपमा अघि बढेको बताए ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ६ : ०५ बजे

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता

गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’

गुल्मी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर आज

एमाले उपाध्यक्ष पौडेलद्वारा राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष केसीकी धर्मपत्नीको स्वास्थ्य अवस्थाबारे लिए जानकारी

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग बजेट माग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य