११ माघ २०८२, आइतबार | January 25, 2026

दुई फरक भाषाका स्रष्टालाई अभिनन्दन गर्दै नेपालगन्जमा भानु जयन्ती मनाइयो



नेपालगन्ज । दुई फरक भाषाको स्रष्टालाई राथारोहण सहित अभिनन्दन गर्दै नेपालगन्जमा भानु जयन्ती मनाइएको छ । अवधी भाषाका स्रष्टा साहित्यकार सचितानन्द चौबे र उर्दु साहित्यका चर्चित सायर अब्दुल लतिब शौकलाई राथारोहण सहित अभिनन्दन गर्दै नेपालगन्जमा आदीकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्ती बनाईएको हो ।

नेपालगन्ज्को न्यूरोड स्थिती भानुभक्त चोकमा अवस्थित भानुभक्त आचार्यको शालिकमा माल्यार्पण गर्दै सुरु भएको स्रष्टाहरु सहितको प्रभातफेरी त्रिभुवन चोकको पूर्वलाईन स्थित महेन्द्र पुस्तकालय पुगेर अभिनन्दन समारोहमा परिणत भएको थियो । समारोहमा अवधि साहित्यका चौबे र उर्दु साहित्यकार शौकलाई दोसल्ला ओढाएर अभिनन्दनपत्रले अर्पण गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्राज्ञ सभाका पूर्व सदस्य सचिव सनत रेग्मीले भानुभक्त आचार्यको चर्चा गर्दै पृथ्वीनारायण शाहले भौगोलिक एकता गरेजस्तै भानुभक्त आचार्यले भाषाको माध्यमबाट नेपालको एकीकरण गरेको उल्लेख गरे ।

भेरी साहित्य समाजका सल्लाहकार हरि तिमिल्सेनाले भानुभक्तको जीवनी र साहित्यको बारेमा चर्चा गरेको कार्यक्रममा कवि प्रभात सुवेदीले भानुभक्तिय रामायणको श्लोक लयबद्ध बाचन गरेका थिए ।

भानुभक्त चोक संरक्षण समितिका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादवले स्वागत गरेका थिए भने भेरी साहित्य समाजका अध्यक्ष ईन्द्र बस्नेतले धन्यवाद ज्ञापन गरेका थिए । अभिनन्दीत ब्यक्तित्व चौबेले उनी आफैले अनुबाद गरेको अवधि भाषाको रामायणको श्लोक सुनाएका थिए ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ३ : ११ बजे

सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट दुई जना

जीप दुर्घटनामा एकको मृत्यु, एक जना घाइते

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक

एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

बुटवलमा पाँचौँ युवा उद्यमी सम्मेलन सम्पन्न, ‘जनतासँग जोडिएको क्षेत्रमा लगानी गरौँ’ : नगर प्रमुख पाण्डे

बुटवल । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा राजधानी बाहिर

केपी ओलीसँग एउटै मञ्चमा पब्लिक डिबेट नगर्ने बालेन शाहको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)