२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बाढीले खोला थुनिएपछि बनेको तालको पानी खोल्न थालियो



रसुवा । यही असार २४ गते बिहान ल्हेन्दे खोलामा आएको बाढीले थुनिएको केरुङखोला खोल्ने कार्य अगाडि बढेको छ । खोलामा पानीको बहाव ठूलो मात्रामा प्रवाह भइरहेका कारण चिनियाँ पक्षले शुक्रबारदेखि विस्तारै थुनिएको पानी खोल्न थालेको हो ।

ल्हेन्दे खोलाको बाढीले केरुङतर्फबाट आएको खोलालाई रोकी रसुवागढीस्थित दुई खोला मिसिएको सङ्गमस्थलमा ढुङ्गा र ठूलाठूला काठदाउरा थुप्रिएर पानी थुनिन गई ताल बनेपछि त्यसलाई क्रमिक रूपमा खोल्न थालिएको हो । तत्पश्चात् चीनतर्फ पुरिएका ३० वटा नेपाली कन्टेनर झिक्ने प्रयास भइरहेको सीमा सुरक्षा अधिकारीले जनाएका छन् । २३ गते केरुङमा सामान लोड गरी फर्केका ती कन्टेनर निर्धारित समयमा नेपाल पस्न नसक्दा गढीदेखि उत्तरतर्फको केरुङ खोलास्थित किनारको राजमार्गमा राखिएकामा ढुबानमा परेका थिए । नेपाली कन्टेनरका साथै खोलाको तटीय क्षेत्रमा रहेको चिनियाँ एक भवन पनि डुबेको बताइएको छ ।

रसुवा भन्सार कार्यालय हाताभित्रबाट बाढीले बगाएकारडुबानमा परेका ७० वटा विद्युतीय कार, छवटा ठुला ट्रक, २४ वटा कन्टेनर र क्षतिग्रस्त केही सवारीसाधनलाई सुरक्षित स्थानमा सार्ने कार्य अगाडि बढाइएको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ८ : १० बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती