१९ माघ २०८२, सोमबार | February 2, 2026

सञ्चालन भएको ४९ वर्षपछि भेरी अस्पताल र रेडक्रसबीच रक्तसंचार सेवा सम्बन्धि सम्झौता



नेपालगन्ज । विगत ४९ वर्ष देखि बिना सम्झौता भेरी अस्पताल परिषरमा सञ्चालन हुँदै आएको नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसंचार सेवाले ४९ वर्ष पछि औपचारिक बैधानिकता पाएको छ । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखा र भेरी अस्पतालबीच रक्तसंचार सेवा संचालन सम्बन्धि सम्झौता भएसँगै स्थापनाको ४९ वर्ष पछि रक्तसंचार सेवाले बैधानिकता पाएको हो ।

२०३३ सालदेखि भेरी अस्पताल परिसरमा नेपाल रेडक्रस सोसाइटीले रक्तसंचार सेवा संचालन गर्दै आएको भएपनि विगतका वर्षदेखि बिना सम्झौता संचालनमा रहेको रक्तसंचार सेवा सञ्चालन सम्बन्धमा आज अस्पताल र रेडक्रसबीच कानुनीरुपमा सम्झौता भएको हो ।

सम्झौतापत्रमा भेरी अस्पतालको तर्फबाट अस्पताल विकास समितिका अध्यक्ष बिरेन्द्र बहादुर शाह र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोबर्द्धन सिंह सम्झनाले हस्ताक्षर गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी बाँके जिल्लाको समन्वयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट नयाँ भवन निर्माणको लागि बजेट प्राप्त भएपछि अस्पताल परिसरको पश्चिम चारवाहिनी रोडतर्फ रक्तसंचारको नयाँ भवन समेत बनिसकेको छ ।

उक्त सम्झौतापत्रमा रक्तसंचार सेवा २४ घण्टा संचालन तथा व्यवस्थापन गर्ने, सेवा प्रभावकारी बनाउन गुणस्तर कायम राख्ने तथा आवश्यकता अनुसार नयाँ प्रविधिको प्रयोग गर्दै जाने, नियमितरूपमा घुम्ती रगत संकलन कार्यक्रम सञ्चालन गर्ने, नेपाल सरकार तथा रेडक्रसको नीति, कानुन र विनियम अनुसार सेवा सञ्चालन गर्ने र हरेक पाँच पाँच वर्षमा समिक्षा गरी सम्झौता नवीकरण गर्ने लगायतका १८ बुँदा समावेश रहेका छन् ।

कार्यक्रममा भेरी अस्पताल विकास समितिका अध्यक्ष शाह, प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा. निराजन सुवेदी, नर्सिङ्ग प्रमुख आशा पन्त, लेखा प्रमुख मदन नेपाली, नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति सम्झना, कोषाध्यक्ष राकेश बहादुर श्रीवास्तव, रक्तसंचार सेवा समितिका संयोजक राज कुमार वर्मा, निमित्त कार्यालय प्रमुख निरञ्जना मल्ल र रक्तसंचार सेवाका प्रमुख बरिष्ठ प्राविधिक अधिकृत उपेन्द्र रेग्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ९ : ४३ बजे

‘भिटामिन डी को कमीले शरीरमा विविध समस्या ल्याउँछ’

चितवन । भिटामिन डी शरीरमा पर्याप्त मात्रामा हुनु अति आवश्यक

मतदाताको गोपनीयता भङ्ग नगर्न प्रशासनको आग्रह

झापा । जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्यूब लगायतका सामाजिक

विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार

म्याग्दी । रोजगारीको क्रममा विदेशमा पुगेर अलपत्र बनेका यहाँको रघुगङ्गा

मुस्ताङका उम्मेदवार गुनासो गर्दछन् , ‘मतदाता को कहाँ बस्छन् भनेर पोखरा, काठमाडौ खोज्दै हिँड्नु परेको छ ’

मुस्ताङ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चहल पहल बिस्तारै बढ्दै

मूल्य पाइने आशामा बोटमै जुनार

रामेछाप । मुलुक चुनावी माहोलले तात्तिएको छ । तर यहाँका